पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर गर्न सरकारलाई सुझाएका छन् ।
केन्द्रमा पनि मन्त्रीमण्डल फेरबदल गर्ने हल्लाखल्ला भएको भन्दै उनले भने –
‘प्रदेश सरकारको प्रमुख माननीय मुख्यमन्त्री ज्यू हुनुहुन्छ । वहाँ केन्द्रमा पनि मन्त्रालयको जिम्मा कुशलतापुर्वक निर्वाह गरिसक्नु भएको खारिएको ब्यक्तित्व हुनुहुन्छ। वहाँको नेतृत्वमा सरकार छ । माननीय मुख्यमन्त्री ज्यूको चाहना, निर्देशनमा सरकार तथा मन्त्री ज्यूहरु चल्नुपर्छ । फेरि फरक फरक पार्टीको मन्त्रालयमा मन्त्रीहरु पनि हुनुहुन्न । किन निर्देशनको अवज्ञा हुन्छ ? अनादर हुन्छ र ? नेपालको अहिले केन्द्र सरकारमा मन्त्रीमण्डल हेरफेर तथा पूनर्गठनको हावाहुरी ब्यापक रुपमा चलेको छ । मिडियामा दह्रोसँग यसको हल्लाखल्ला नै मचिएको छ । अव हामी पनि हाम्रो गण्डकी प्रदेशमा पनि मन्त्रीमण्डल हेरफेरको अभ्यासको थालनी गर्ने हो कि ?’
बैठकमा थापाले आगामि आर्थिक वर्ष २०७६ ०७७ को बजेटमा सरकारले राजनीतिक रुपमै विभेद गरेको पनि आरोप लगाए । उनले भने, ‘मन्त्रालयमा जाँदाखेरी मन्त्रीज्यूले भनेका कुराहरु स्मरण गर्दा र रातो किताबका योजना हेर्दा प्रतिपक्षका सांसदहरुलाई गुमराहमा पारेको, सुनियोजित रुपमा छलकपटमा पारेको महशुस हुन्छ, ५० लाख र १ करोडसम्मका सडक तथा पुलका योजना ल्याउँदै नल्याउनुहोस् भन्नुभयो तर किताबमा १५, २०, २५ लाखसम्मका मन्दिर, सामाजिक भवन र प्रशस्त सडक तथा पुलहरु पनि नयाँ योजना मन्त्रालयबाट प्रशस्त आएको देखियो ।’
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो