पोखरा । मंगलबार राति पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका पुरुषको सनाखत भएको छ । मंगलबार राति साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा२०च २५६६ नम्बरको हाइलक्स गाडीले पैदलयात्री युवालाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुने कास्कीकै माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ निवासी देउकुमार तामाङ रहेको सोहि वडाका अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले जानकारी दिए ।
३८ वर्षीय तामाङ पोखरामा बसेर कुल्फी, आइसक्रिम बेच्ने काम गर्थे । असार १७ गते राति लोडसेडिङ समयमा आफ्नो कोठाबाट पारीपट्टी पसलमा लामखुट्टे धुप र क्याण्डल किनेर फर्कने क्रममा रोडमा गाडीले ठक्कर दिएको थियो । चालक चाइनिज नागरिक थिए । श्रोतका अनुसार पैदलयात्री तामाङ र चालक चिनियाँ नागरिक दुवै मापसे सेवन गरेको रिपोर्ट आएको छ । परिवारको जाहेरी अनुसार चालक विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढिसकेको र उनी थुनामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
मृतक तामाङ अविवाहित हुन् । उनका ५ जना दाजुभाइ छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले सडक दुर्घटनामा मृत्यु वापतको बिमा रकमका साथै परिवारको चित्त बुझाउने गरी क्षतिपूर्ति दिएको परिवार निकट श्रोतले जनाएको छ ।
http://gandaknews.com/amarsingchowk/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन