हरिहर बन्दैछन् अब ‘कबिर सिंह’ !

हरिहर बन्दैछन् अब ‘कबिर सिंह’ !

harihar-

शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ ले अहिले पनि भारतसहित विभिन्न देशमा धुम मच्चाई रहेको छ । भारतका चलचित्र समिक्षक तरण आदर्शका अनुसार आजको दिनमा उक्त चलचित्रले २ सय २५ करोड कमाई गरिसकेको छ । यो चलचित्रका दर्शक घटेका छैनन्, सोहि कारण यसको व्यापार कहाँ पुगेर रोकिने हो कसैले अनुमान समेत गर्न सकेको छैन ।

तलेगु चलचित्र अर्जुन रेड्डीको आधिकारिक कवि राइट्स लिएर निर्माण गरिएको थियो, कबिर सिंह । नेपालमा पनि तलेगु चलचित्रको आधिकारिक रुपमा कपि राइट्स किनेर नेपाली रिमेकमा चलचित्र निर्माण हुने भएको छ ।

नेपाली रिमेकमा युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले अभिनय गर्ने भएका छन् । अर्जुन रेड्डी निर्माा गरेको कम्पनी ‘भद्रकाली पिक्चर्स’ सँग कपि राइट्स खरिद गरिसकिएको यस चलचित्रको नेपाली रिमेकमा हरिहरले अभिनय गर्ने जनाइएको छ । अहिले हरिहरले गुमनाम भएर ज्यान बनाउने काम गरिरहेका छन् ।

नेपाली चलचित्र ‘शुभ लभ’ मा अभिनय गरेका ज्योतिष तथा अभिनेता हरिहरको डेब्यु फिल्म भने चल्न सकेन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ