पोखरा । सरकारी अड्डामा निवेदन दिन पनि झण्झट ब्यहोर्नुपर्ने गुनासो अधिकांशको छ । सेवाग्राहीले बडो सकस खेप्नुपर्छ । सरकारी कार्यालयले निःशुल्क फाराम र सेवा भनिरहँदा कार्यालय अगाडि सेवाग्राही चर्को मुल्य तिर्न बाध्य छन् । बिचौलियाको बिगबिगी छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफू मातहतका सबै प्रहरी कार्यालयमा अब देखि कुनै पनि निवेदन बुझ्दा, उजुरी/जाहेरी लिँदा हुलाक टिकट आवश्यक नपर्ने गरी सूचना प्रदान गर्न परिपत्र गरेको छ । कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले ठाडो आदेश दिँदै प्रहरीकहाँ पीडित पक्ष नै आउने भएकाले उनीहरुलाई दुःख हुने गरी हुलाक टिकट अनिवार्य नगर्न आदेश दिएका हुन् ।
उसो त कानुनी सेवा दिने भनेर बसेकाहरुले निवेदन र जाहेरी लेखेको मनपरी रकम लिने गरेको गुनासो सेवाग्राहीले गरिरहेका छन् । त्यसैमाथि १० रुपैंयाको टिकट भएपनि टाँस्नै पर्ने बाध्यता बनाउँदा समय र पैसाको नाश हुने एसपी कार्कीले बताए । ‘हामीकहाँ आउने कोहि कोहि यति तिर्न सक्ने क्षमताका पनि हुँदैनन् । त्यसमाथि टिकट खोज्न भौतारिनुपर्ने ?’ एसपी कार्कीले गण्डकन्यूजसँग भने – ‘चाहिने ठाउँमा अनिवार्य रहन्छछ । तर, यहाँ निवेदन, उजुरी जाहेरीमा यो आवश्यक छैन भनेरै आफू अन्तर्गतका सबै कार्यालयहरुमा परिपत्र गरेको छु ।’ उनले प्रहरी कार्यालयमा आउँदा टिकट नटाँसी आउन सबैलाई आग्रह गरेका छन् ।
प्रहरी संगठनमा स्वच्छ र क्षमतावान् अधिकृतका रुपमा छवि बनाएका कार्कीको हालसम्मको कमाण्ड र गतिविधि हेर्दा उनको काममा खोट लगाउने ठाउँ देखिएको छैन । उनले कास्कीको कमाण्ड सम्हालेपछि प्रहरीको आचरण सुधारमा विशेष ध्यान दिएका छन् । समुदायले चाहेको प्रहरी बनाउने अभियानमा आफू रहेको उनको भनाई छ । प्रहरीले ड्युटी गर्दा आदर गर्नुपर्ने, चेकजाँच कडा बनाउनुपर्ने, गलत कामकारबाही नगर्ने, हुन नदिनेतर्फ एसपी सचेत रहेको प्रहरीका जुनियर अधिकृतहरु नै बताउँछन् ।
प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले कास्की कास्की प्रहरी नागरिकसँग समिपमा रहेर काम गर्न चाहेको बताए । प्रहरीको सेवा आवश्यक परेको ठाउँमा पूर्ण विश्वासका साथ सम्झिएर सम्पर्क गर्न उनको अनुरोध छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो