तनहुँ । तनहुँको दमौलीमा सोमबारदेखि ११औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भएको प्रतियोगिता खुल्ला मैदान परिसर र कभर्ड हलमा सञ्चालन भएको हो ।
तनहुँका १० वटै स्थानीय तह प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगितामा पुरुष र महिला भलिबल, कबड्डी, कराते, तेक्वान्दो, एथलेटिक्स र उसु खेल संचालन हुने जिल्ला खेलकुद विकास समितिका सचिव शिवहरि पण्डितले जानकारी दिए ।

जिल्ला स्तरीय अन्तर गाउँपालिकामा छनौट भएका खेलाडीलाई आसन्न पोखरामा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले जानकारी दिए । त्यस्तै क्षेत्रिय प्रतियोगितामा बिजयी हुने प्रतियोगिले केन्द्रमा सहभागी हुन पाउने छ्न । जिल्लाबाट ७६ जना उत्कृष्ट खेलाडीले प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ्न ।
जिल्ला स्तरीय प्रतियोगिताको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले उद्घाटन गरेका थिए । स्वास्थ्य र अनुशासित नागरिक बनाउन खेलकुद आवश्यक रहेको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले बताए ।
प्रतियोगिता २ दिनसम्म संञ्चालन हुने छ । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई, नेकपाका केन्द्रिय सदस्य प्रताप लाल श्रेष्ठ र गण्डकी प्रदेशका सांसद दोबाटे विक लगाएतले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला