तनहुँको आँबुखैरेनीमा मोटरसाइकल गुल्टँदा २ घाईते, विजयपुरमा बृद्धलाई बसले ठक्कर दियो

तनहुँको आँबुखैरेनीमा मोटरसाइकल गुल्टँदा २ घाईते, विजयपुरमा बृद्धलाई बसले ठक्कर दियो

bike acc

पोखरा २३ असार l तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ खानिखोला स्थित आज भएको मोटरसाईकल दुर्घटनामा २ जना घाईते भएका छन् ।

पृथ्बी राजमार्ग सडक खण्डमा डुम्रेबाट आँबुखैरेनि तर्फ जाँदै गरेको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टेर भएको दुर्घटनामा मोटरसाईकल चालक भारत घर भई हाल जिल्ला चितवन बेलचोक बस्ने २६ वर्षीय मोहम्मद प्रवेश र पछाडी सवार २६ वर्षकै दिनेश गुप्ता घाइते भएका हुन ।

घाईते दुबै जनालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरेहको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

पोखराको विजयपुरमा बसको ठक्करबाट भट्टराई घाईते

पोखराको विजयपुरमा बसको ठक्करबाट  एकजना घाईते भएका छन् । आईतबार पोखराबाट काठमाण्डौ जाँदै गरेको ग १ ख ७७१९ नंम्बरको बसले पोखरा २६ विजयपुर स्थित सोही स्थान बस्ने ७५ वर्षीय लोकमान भट्टराईलाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो ।

ठक्करपछि घाईते भएका भर्टराईलाई उपचारको लागि मणिपाल अस्पताल पठाएको कास्की प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ