पोखरा वडा नं १७ स्थित रातो पहिरोमा एक महिलाको हत्या भएको छ । आइतबार राती श्रीमान्ले श्रीमतीलाई ढुङगाले हानेर हत्या गरेका हुन् । पोखरा २२ पुम्दिभुम्दी घर भई हाल पोखरा १७ आरोग्य एग्रो कुखुरा फार्ममा काम गर्ने ४० वर्षीया वर्षीया गंगा सुनारको हत्या भएको हो ।
आठ वर्षदेखिसँगै बस्दै आएका ध्रुब भन्ने ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । गंगामाया वीरबहादुरकी कान्छी श्रीमती हुन् । दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रवक्ता डिएसपी राजकुमार केसीले जनाए ।
टाउकोमा ढुङ्गाले हानी हत्या गरि फरार भए पछि प्रहरीले सोमबार दिऊसो वीरबाहदुरलाई पक्राउ गरे । पोखरा २२ कालिमाटीबाट उनलाई पक्राउ गरेका थियो ।सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जनाए ।
सम्बन्धित खबर
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
तप्राङ्मा स्वास्थ्य शिविर
शुक्लाले गर्यो पत्रकार र सहयोगीलाई सम्मान
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य