भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।
बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै सादा पोसाकमा गस्तीमा खटिएको प्रहरीमाथि विप्लव समूहले सुरुमा फायरिङ गरेको थियो। प्रहरी जवान सञ्जीव राईको छातीमा गोली लाग्यो। सो क्रममा जवाफी कारबाही गर्दा विप्लव समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राई घाइते भए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचार क्रममा दुई जनाकै मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए।
घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन्। कुमको हड्डी भाँचिएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार विप्लव कार्यकर्ताको गतिविधि बढेको जानकारी आएपछि ५ जना सादा पोसाकका प्रहरी निगरानीमा थिए। विप्लव इन्चार्जलाई चिनेर पक्राउ गर्ने क्रममा उनले फायर खोलेका थिए। त्यसपछि उक्त घटना भएको हो।
निरकुमारको साथबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ। अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीको केन्द्रीय स्रोतका अनुसार भोजपुर सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा प्रहरी गस्तीमा खटिएको थियो।
खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका भोजपुर इञ्चार्ज हुन् । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेकको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो