पोखरा २२ पुम्दिभुम्दि स्थित ठुलढुङ्गाको जंगलमा एक महिलाको अस्थिपञ्जर भेटिएको छ । मकवानपुर घर भई पोखरा १० रामबजारमा मोबाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले २८ बर्षिया आफ्नी श्रीमती लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लक्ष्मीको २५ दिन पछि अस्थिपञ्जर बुधबार बिहान फेला परेको हो ।
असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुलढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले अस्थिपञ्जर फेला पारेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निवेदन दिएका थिए ।
कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोली घटनास्थल पुगी निरीक्षण गरेको थियो । एसपी कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको भन्दै थप अनुसन्धान भईरहेको बताए । श्रीमान्लाई हत्या आरोपमा पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएको छ ।
शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । हत्या भएको २५ दिन सम्म पनि किन थाहा भएन ? भन्ने प्रश्न उठेको छ । तर, लक्ष्मीलाई हत्या गरी फालिएको स्थान नजिकै मरेको गाई भएका कारण पनि स्थानीयले गाई नै गन्हाएको अड्कल काटे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन