पोखरा । बेलायती सेनामा करीब १८ वर्षको जागिरे जिवन एवं २२ वर्ष बेलायतको व्यवसायिक तथा सामाजिक जिवनपछि मातृभूमि नेपाल फर्केपछि मुछेत्र गुरुङले भने– ‘अब जन्मथलो फर्की आएँ ।’
बेलायतमा रहेर नेपालीहरुको साझा संस्था गैर आवाशीय नेपाली संघ (एन.आर.एन) यूकेको अध्यक्ष, तमु धिं एशोसियसन यूके, सहारा यूकेको सल्लाहकार लगाएत अन्य दर्जनौ महत्वपूर्ण संस्थाहरुमा सफल नेतृत्व गरिसकेका समाजेवी मुछेत्र गुरुङ श्रीमती लक्ष्मी गुरुङ सहित नेपाल फर्किएका हुन् ।
सहारा क्लब पोखराले आयोजना गरेको स्वागत कार्यक्रममा क्लबका सल्लाहकार समेत रहेका मुछेत्रले छोटो भनाई राख्दै भने–‘अब देशमा नै बसेर केही गर्नुपर्छ, त्यही भएर कर्मथलो छोडेर आएँ ।’ उनले थपे –‘अब देशमा बसेर केही गर्न र अरुलाई पनि प्रेरणा दिन सायद म सफल हुनेछु ।’
अरुको कुरा बढी सुन्ने र आफू थोरै संधै हाँसेर तार्किक जवाफ फर्काउने मुछेत्र कास्कीको गिलुङमा जन्मिएका हुन् । आफ्नो खेल जिवनमा उनी तेक्वान्दोका राम्रो खेलाडी समेत रहेका थिए । सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको पूर्वाधार निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेका मुछेत्रलाई स्वदेश फर्केपछि सहारा क्लबले पोखरामा स्वागत गरेको हो ।
समाजसेवी मुछेत्रलाई क्लबका अध्यक्ष केशब बहादुर थापा, निवर्तमान अध्यक्ष बिरभद्र आचार्य, पूर्व अध्यक्ष बिक्रम थकाली, उपाध्यक्ष हरेराम गुरुङ (सुरज), महासचिब विश्वराज बराल लगाएत अन्य क्लबका सदस्यहरुले स्वागत गरेका थिए । सहारा क्लबका अध्यक्ष थापाले आफ्नो कर्म थलो छोडेर जन्म थलो फर्केर आएकोमा क्लबको तर्फबाट स्वागत गर्दै उदाहरणिय कार्य गरेको बताए ।
- पोखरा स्पोर्टस् डटकमबाट ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन