पोखरा । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ आन्दोलित बनेको छ । उसले आगामी साउन २ गते नेपाल बन्दको आव्हान गरेको छ ।
जिल्ला समन्वय परिषद्, कास्कीले पनि केन्द्रीय कार्यक्रमप्रति ऐक्येबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब दिने जनाएको छ । परिषद्ले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाल बन्दको बारे जानकारी दिएको हो । साथै असार ३१ गते मंगलबार बेलुकी ५ बजे पोखराको सिद्धार्थचोक देखि महेन्द्रपुल सम्म मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको समेत परिषद्ले जनाएको छ ।
नेपालको संविधान (पहिलो संशोधन), २०७२ को धारा ४२ को उपधारा १ मा सामाजिक न्यायको हक मा स्पष्ट व्यवस्था भएर पनि सरकारले लोकसेवा आयोगको विज्ञापनमा देशमा रहेका हरेक तह र तप्कालाई अधिकारबाट बञ्चित गर्ने कुचेष्टा गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्म बहादुर तमुले बताए ।
आन्दोलन कुनै द्वन्द्व,त्रासको लागि भन्दा पनि संविधानको रक्षाको लागि भएको उनले बताए । उनले भने , सरकारले संविधानमा भएको कुरालाई नै बेवास्ता गर्दै हटाउन खोजेको छ । त्यसैले कुनै द्वन्द्व,त्रासको लागि भन्दा पनि संविधानको रक्षाको लागि आन्दोलन गरेका हौँ । सरकारले अव्यवस्थित, असमानुपातिक र एकल केन्द्रीकृत राज्यसत्तामा रहेका एकल जातिवादी हिसाबले विज्ञापन गरिएको समेत उनले आरोप लगाए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन