पोखरा । पोखरामै पहिलो पटक पेनगन भेटिएको छ । लागुऔषध कारोबार गर्ने सागर रानाभाट पक्राउ परेपछि यसको रहस्य खुलेको हो । नेपालमा यसअघि पहिलोपटक २०६८ असारमा काठमाडौंबाट दुईजना युवा पक्राउ गर्दा पेनगन फेला परेको थियो । काठमाण्डौपछि पेनगन फेला परेको देशमै यो दोश्रो पटक हो ।
गत असार २९ गते लागुऔषधसहित मासबारबाट पक्राउ परेका पोखरा २४ कास्कीकोटका २४ वर्षीय रानाभाटसँग पेनगन सहित १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद भएको छ । रानाभाट यसअघि पनि लागूऔषध कारोबारकै मुद्दामा सजाय पाएर छुटेको कास्की प्रहरीले जनाएको छ । उनले आफू १२ कक्षामा अध्ययनरत रहेको बताएका छन् । पोखरामा लागुऔषध कारोबारकै लागि बस्न पनि २४ वर्षमा १२ कक्षा पढिरहेको अनुमान गरिएको छ ।
प्रहरीले रानाभाटको साथबाट फेनागरगन ६० थान, ब्रुपिनर्फिन ६०, डाईजापाम ६० र नाईट्रोसन १५ चक्की फेला परेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जनाए । उनको साथबाट लागुऔषधसहित एक थान ’पेनगन’ र ०.२२ एमएमका सातवटा बुलेट पनि बरामद गरिएको हो ।

’पेनगन’ हेर्दा दैनिक प्रयोगमा आउने सामान्य पेनजस्तै आकारको देखिन्छ । तर, अलिकति ठूलो हुन्छ । रिफिल हुने ठाउँमा स्प्रिङ र आउटरमा बुलेट राख्न मिल्छ । पेनको क्लिपले ट्रिगरको काम गर्छ । यसले नजिकका दुरीका व्यक्ति मार्न सक्छ । पेनगन नेपालमा पाईंदैन ।

तस्विर: सुदर्शन रञ्जित & जिल्ला प्रहरी कार्यालय कास्की
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार