लक्ष्मीलाई मार्न १० लाख खर्चने श्रीमान् रमेश सहित ४ जना सार्वजनिक, ३ फरार [घटना विवरण]

लक्ष्मीलाई मार्न १० लाख खर्चने श्रीमान् रमेश सहित ४ जना सार्वजनिक, ३ फरार [घटना विवरण]

laxmi hatyara

अनुले ‘दिदी साइड लगाइदिनुस्’ भनेपछि एक बर्ष अघिदेखि पत्नी लक्ष्मीलाई मार्ने योजना

पोखरा–१५ रामबजार निवासी ३३ बर्षीया लक्ष्मी परियार (नेपाली) हत्यामा सम्लग्न चार आरोपीलाई कास्की प्रहरीले बुधवार सार्वजनिक गरेको छ । उक्त घटनमा सम्लग्न फरार अन्य तीन भारतीय अझै भेटिएका छैनन् । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

लक्ष्मी परियार असार १ गतेदेखि हराएकी थिइन, उनको खोजतलास गर्ने क्रममा उनको (हाडखोर) कङ्काल मात्र असार २५ गते पोखरा–२२ पुम्दीभुम्दी स्थित कर्कले जंगलमा फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट लक्ष्मी हत्याको मुख्य योजनाकार उनकै पति पोखरा–१५ रामबजार निवासी ३५ बर्षीय रमेश नेपाली रहेको खुल्न आएको छ ।

दश लाख रुपैयाँ दिने सर्तमा रमेशले पत्नीकोे हत्या गर्न लगाएका हुन् ।रामबजारमा मोवाइल पसल संचालन गदै आएका रमेशले हत्या आफ्नै योजनामा भएको प्रहरी समक्ष स्विकारेका छन् । लक्ष्मीको हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले भोजपुर जिल्ला भोजपुर नगरपालिका–५ घरभई पोखरा–९ महेन्द्रपुलमा मोवाइल पसल संचालन गर्दै आएका ३२ बर्षीय संजय शर्मा र सर्लाहीको ईश्वरपुर नगरपालिका–३ तीनघरीया घरभई पोखरा–८ पृथ्वीचोकमा मोवाइल पसल संचालन गर्दै आएका आएका २६ बर्षीय चित्तरञ्जन कुमार साह र अपराधमा भूमिका खेलेको भन्दै गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक निवासी १९ बर्षीया अनु परियारलाई कास्की प्रहरीले पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।

कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार लक्ष्मीलाई धारिलो हतियार चक्कु घाँटीमा प्रहारगरी हत्या गरिएको घटना विवरणबाट खुलेको छ ।  प्रहरीको प्रारम्भिक अनुसन्धानको घटना विवरण अनुसार असार १ गते कालिका चोकबाट हराएकी मेरी पत्नी लक्ष्मी परियार (नेपाली)को खोजतलाश गरीपाउँ भनी रमेश नेपालीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । ७ वर्षकी छोरी नै साथमा लिएर युट्युबरहरुसामु गोहीको आँशु झार्दै श्रीमतीलाई असाध्यै माया गर्ने, घर छाडेर हिँडेर आफ्नो बिजोग भएको भन्दै मिडियाबाजी गर्दै हिँडे ।

लक्ष्मीकी आमा मिठु परियारले असार ११ गते जिल्ला प्रहरीमा छोरीको खोजी तथा कारवाही गरिपाँउ भनी निवेदन दिएकी र निवेदन परेकै दिनदेखि प्रहरीले लक्ष्मीको खोजी र अनुसन्धान कार्य शुरु गर्यो । अनुसन्धानकै क्रममा लक्ष्मीका पति रमेश नेपालीको संम्लग्नता रहेको आशंकामा असार २५ गते प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि वढायो, नेपालीले प्रहरी समक्ष आफ्नै योजनामा पत्नी लक्ष्मीको हत्यागरी पोखरा–२२ को पुम्दीभुम्दीको जंगलमा शब फालेको स्वीकार गरे । उक्त स्थानमा प्रहरीले शव खोजीकार्य गर्दा लक्ष्मीको कंकाल( हाडखोर) भेटियो ।

यसरी भएको थियो घटना

– मिति २०७६।०३।०१ गते देखि कालिकाचोकबाट हराईरहेकी मेरी श्रीमती लक्ष्मी नेपालीको खोजतलाश गरि पाउ भनि रमेश नेपालीले मिति २०७६।०३।०२ गते यस कार्यालयमा निवेदन दिएको ।

– मिति २०७६।०३।११ गते लक्ष्मी नेपालीको आमा पिठुमाया परियारले यस कार्यालयमा खोजतलाश तथा कारवाही गरिपाउ भनि निवेदन दिएको ।

– निवेदन परेकै दिनबाट प्रहरीले खोजतलाश तथा अनुसन्धान कार्य शुरु गरेको ।

– अनुसन्धानको क्रममा लक्ष्मी नेपालीको श्रीमान रमेश नेपाली कै संलग्नता देखिएकोले २०७६।०३।२५ गते पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको ।

– रमेश नेपालीले आफ्नै योजनामा लक्ष्मी नेपालीको हत्या गरी मृतक लाशलाई फालेको स्वीकार गरी घटनास्थल (पोखरा म.न.पा.बडा नं २२ स्थित कर्कले जंगल) समेत देखाई घटनास्थलमा प्राप्त मानव कंकाल सनाखत गरेको ।

– रमेश नेपालीको साली नाता पर्ने अनु परियारसंग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र आफ्नो बदनाम भएकोले अब दिदीलाई साइड लगाईदिनुस भनि भेनाजु नाता पर्ने रमेश नेपालीलाई १ बर्ष अगाडी भनेको ।

– सोही दिनबाट श्रीमतीलाई मार्ने योजना बनाउदै आएको ।

– एकजना महिलाको हत्या गर्नुपर्ने र सो बापत राम्रो रकम आउने कुरा रमेश नेपालीले मोबाईल पसल संचालन गर्दै आएका संजय शर्मालाई भनेको

– ततपश्चात हत्याको योजना बनाएको ।

– योजना मुताविक जिल्ला सर्लाही ईश्वरपुर न.पा.बडा नं ३ तिनघरिया घर भई हाल पोखरा-९ पृथ्वीचोकमा मोवाईल पसल संचालन गरी बस्ने चितरन्जन साह मार्फत रु. १० लाखमा भारतबाट मान्छे झिकाउने सल्लाह भएको ।

– मिति २०७६।०२।३० गते ३ जना भारतियहरु आई पोखरा-९ पृथ्वीचोकमा रहेको कोशी होटलमा बसेको । होटलवालाले मानिसको रजिष्ट्रेशन ईन्ट्री नगरेको ।
– होटलमा बस्ने ब्यवस्था संजय शर्मा र चितरन्जन शाहले मिलाएको ।

– मिति २०७६।०२।३१ गते तयारीको लागि रमेश नेपालीले संजय शर्मालाई १ लाख रुपैया दिएको ।

– मिति २०७६।०२।३१ गते हत्या गर्ने स्थान चयनको लागि पोखरा-२२ स्थित कर्कले जंगलमा रमेश, संजय, चितरन्जन र तिन जना भारतिय गई योजना बनाई फर्केको ।

– २०७६।०३।०१ गते बिहान रमेश नेपाली संजय शर्माको पसलमा आई दुबै जना हल्लनचोकमा रहेको पोखरा बाईक रेन्ट प्रा.लि. मा गई स्कुटर भाडामा लिएको । स्कुटर नं. ग ११ प ८००३

– स्कुटर भाडामा लिए पश्चात पोखरा-९ नयाँबजारमा रहेको दिपक कार डेकोरबाट ग १ च २३६३ नं. को कार भाडामा लिई संजय शर्माले गाडी चलाई कोशी होटलमा गई ३ जना भारतिय र चितरन्जन शाह समेतलाई गाडीमा हाली कर्कले भन्ने जंगलतर्फ गएको ।

– रमेश नेपालीले स्कुटर लिई आफ्नो मोबाइल पसलमा गई श्रीमतीलाई खुट्टामा भएको एलर्जी निको पार्ने जडीबुटी खोज्न जंगलतर्फ जाउँ भनि फकाई पोखरा-२२ स्थित कर्कले जंगलमा लगी केही समय जडिबुटी खोजेको ।

– जडिबुटी खोज्ने क्रममा रमेश नेपालीले आफुलाई पिसाव लाग्यो तिमी खोज्दै तल जानु भनि लक्ष्मी नेपालीलाई जंगलको तलतर्फ पठाएको र योजना मुताविक लुकेका ब्यक्तिहरुले मुख र आखामा सल बाधी चक्कुले घाटी रेटी हत्या गरेको ।

– मृतक लाश जंगलमा नै छोडी रमेश नेपाली माथि बाटोमा आई संजय शर्मालाई ५ लाख दिएको र ४ लाख केही दिन पछि दिने भनेको ।

– सोही दिन हत्या गर्ने ब्यक्तिहरु भारततर्फ गएको र बाकी रकम चित्त्तरञ्जन मार्फत पठाउने सहमती भएको ।

– हत्याको केही समय पछि रमेश नेपालीले बिभिन्न ब्यक्तिहरुलाई फोन गरी श्रीमती हराएको जानकारी गराएको ।

– बिभिन्न मिति र समयमा प्रहरी कार्यालय आई श्रीमती खोजिदिन अनुरोध तथा दवाव दिएको ।

– बिभिन्न मिति र समयमा बिभिन्न मिडियामा समेत खोजतलाशमा सहयोग गरिदिन बिलौना गर्दै हिडेको ।

‘दिदी साइड लगाइदिनुस्’ भनेपछि एक बर्ष अघिदेखि पत्नी लक्ष्मीलाई मार्ने योजना

लक्ष्मीका पति रमेश नेपालीले साली नाता पर्ने अनु परियारले आफ्नो सम्बन्ध रहेको कुरा वाहिर ल्याएको र आफ्नो बदनाम भएको भन्दै अनुले एक बर्ष अघि दिदीलाइ साइड लगाइदिनुहोस् भनेपछि सोही दिनदेखी पत्नी लक्ष्मीलाई मार्ने योजना बुन्दै आएको बयान प्रहरीलाई दिएका छन् । अनु लक्ष्मीकी मामाकी छोरी हुन् । लक्ष्मीले बहिनीलाई घरमा ल्याईरहन्थिन् । लक्ष्मीकी सासुले समेत हुर्केकी बहिनी धेरै भेनाजु नजिक हुने गरी पालिरहनु हुन्न, महिना दिनसम्म पनि बहिनी राख्छ त ? भनेर आफूले पहिल्यैदेखि भन्दै आएको मिडियासामु बताएकी छिन् ।

एक जना महिलाको हत्या गर्नुपर्ने र त्यस वापत राम्रो रकम आउने कुरा रमेश नेपालीले मोवाइल पसल संचालक आफ्नै साथी संजय शर्मालाई भन्दै आएका थिए । त्यसैक्रममा अर्का मोवाइल पसले चित्तरञ्जन कुमार साहमार्फत दश लाख रुपैयाँमा भारतबाट मान्छे झिकाउने सल्लाह दिए, जेठ ३० गते तीन जना भारतीय पोखरा आइपुगे र पृथ्वीचोक स्थित कोशी होटलमा बसेको र उनीहरुलाई होटलमा बस्ने व्यवस्था संजय शर्मा र चित्तरञ्जन कुमार साहले मिलाए ।

जेठ ३१ गते लक्ष्मी हत्या तयारीका लागि रमेश नेपालीले संजय शर्मालाई एक लाख रुपैयाँ दिएको, र हत्या गर्ने स्थान चयनको लागि पुम्दीभुम्दीको कर्कले जंगलमा रमेश, संजय, चित्तरञ्जन र तीन जना भारतीय पुगेर फर्केको अनुसन्धानबाट खुल्न आएको छ ।

असार एक गते रमेश नेपाली संजय शर्माको पसलमा पुगी दुबै जना लेकसाइड स्थित हल्लनेचोक बाईक रेन्ट प्रालिमा गई ग.११प. ८००३ नं को स्कुटर भाडामा लिएको । घरबाट स्कुटरमा रमेशले पत्नी लक्ष्मीलाई पुम्दीभुम्दीको जंगलमा लगेका थिए । स्कुटर भाडामा लिए पश्चात पोखरा–९ नयाँबजारमा रहेको दीपक कार डेकोरबाट ग १ च २३६३ नं को कार भाडामा लिई संजय शर्माले गाडी चलाई कोशी होटलबाट तीन भारतीय र चित्तरन्जन कुमार साह समेतलाई गाडीमा राखेर कर्कलेको जंगलमा पुगेको वयानबाट खुलेको छ ।

लक्ष्मीको खुट्टा दुखिरहने समस्या थियो, जंगल नजिकै सडकमा स्कुटर राखेर रमेशले जंगलमा दुखेको खुट्टा सन्चो हुने जडिवुटी पाइन्छ भनी रमेशले लक्ष्मीलाइृ जंगलतर्फ लगेका र जडिवुटी खोजेजस्तो समेत गरेका थिए । त्यसैवखत रमेश पत्नीसँग पिसाबफेर्न जान्छु भनेर केही पर गएको र त्यही समयमा तीन भारतीयले लक्ष्मीलाई समाएर लक्ष्मीको मुख थुनी आँखामा पट्टी लगाएर धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । रमेशले जंगलबाट फर्केपछि संजयलाई बाटोमा थप पाँच लाख रुपैयाँ दिएको र चार लाख पछि दिने भनेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ