नेपालमै उत्पादित वस्तुलाई प्रोत्साहन गर्न सरकारले आयातित वस्तुमा कडाइ गरेको छ । केराउ, बदाम, आलु घ्यु, कुखुराको मासु, चकलेट विस्कुट, चाउचाउ, आइक्रिम, जुस, मिनरल, चुइगम जस्तापाता, जुक्ता, चप्पल, धागो, त्रिपाल लगायतका कृषिजन्य तथा औद्योगिक वस्तुहरुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न ती वस्तुको आयातमा भन्सारदर बढाइएको अर्थमन्त्रालयले जनाएको छ ।
मदिराको अन्तशुल्क १० प्रतिशतसम्म बढ्यो
बधुबारदेखि लागू हुने गरी मदिराको अन्तशुल्कमा १० प्रतिशतसम्मको शुल्क बढाइएको छ । अल्कोहलको मात्रा हेरेर मदिराजन्य पदार्थको मूल्य वृद्धि गरिएको हो । सरकारले ल्याएको आर्थिक विधेयकमा मदिराको युपि शक्ति र अल्कोहलको मात्रा हेरेर भन्सार र अन्तशुल्कदर बढाइएको छ । आयात गरिएको मदिराजन्य पदार्थमा तोकिएको भन्दा एक प्रतिशतपनि बढी परेमा उच्चदरको अन्तशुल्क लाग्नेछ ।
घरजग्गा कारोबारको लाभकर दर घट्यो
व्यावसायकि घरजग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्दै आएको पुँजीगत लाभकरको दर घटेको छ । यस्तै वित्तीय कारोबार गर्ने सहकारीहरुलाई नगरपालिकाभित्र पाँच प्रतिशत र उपमहानगरपालिका र महानगरपालिकाभित्र १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ ।
यता जल यातायातका साधनहरुको पैठारी महसुल १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ । यस्तै विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको १०० ग्रामसम्मको सुनको गहना महसुल तिरेर पैठारी गर्न सकिनेछ ।
सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन