पोखरा महानगरपालिका वडा नं. १६ सिप्लेकुनाको एक कुखुराको खोरमा पसेको चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिइएको छ । अहिले चितुवालाई पोखरा पचभैया स्थित पोखरा जुलोजिकल पार्क अन्तर्गतको वन्य जन्तु उद्धार केन्द्रको खोरमा राखिएको छ । स्थानीय सोभित बहादुर केसीले पालेका कुखुराको खोरमा मंगलबार राति वयस्क पोथी चितुवा पसेको हो ।
चितवनबाट बन्यजन्तुलाई टाढैबाट बेहोस बनाउने सुई राख्ने प्रविधियुक्त टोली झिकाई नियन्त्रणमा लिएको हो । जसलाई डार्टिङ विधि भनिन्छ । कुखुरा खोरमा चितुवा पसेपछि खोर धनी केसीले डिभिजन बन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालय कास्कीले चितवनबाट ४ जनाको डार्टिङ टोली बोलाई चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिएको सहायक वन अधिकृत शालिकराम पराजुलीले जानकारी दिए ।
कुखुराको खोरमा पसेको चितुवा ढोका आफै बन्द भएपछि थुनिएको थियो । खोरमा पसेको चितुवा धेरै कुखुराको आवाजले डराएर बाहिर निस्कन फलाम जाली तर्फ बल गर्दा घाईते हुन पुगेको थियो । चितुवाको आँखामा चोट लागेको छ । चितुवा लडिरहेकै अवस्थामा धनीले देखेका थिए । एक्कासी चितुवा देखेर डराएका उनीहरुले केही बेर ढोका खोलेर राख्दा समेत चितुवा बाहिर ननिस्केपछि बन कार्यालयलाई खबर गरेका हुन् । डरले एकै ठाउँमा जम्मा भएका कारण १० वटा जति कुखुरा मरेको पराजुलीले बताए । केसीको घरमा कुकुर समेत भएकोले सो ठाउँमा आएको हुनसक्ने अनुमान गरिएको छ ।
डार्टिङ टोलीले कुखुरालाई समेत कुनै क्षति नपु¥याइ सफल रुपमा चितुवालाई नियन्त्रणमा लिएको पराजुलीले जानकारी दिए । घाईते चितुवाको प्राविधिक टोलीले हेरचाह गरिरहेको छ ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु