पोखरा स्टेडियमको ग्राउण्ड प्राकृतिक नै बनाउन निर्देशन, गिट्टी उठाउनुपर्ने भो

पोखरा स्टेडियमको ग्राउण्ड प्राकृतिक नै बनाउन निर्देशन, गिट्टी उठाउनुपर्ने भो

pokhara-rangasala

तस्विरः सुदर्शन रञ्जित

पोखरा, ३ साउन । पोखरा रंगशाला भित्र निर्माणाधिन पोखरा फुटबल स्टेडियमको निर्माण सन्दर्भमा काठमाडौमा शुक्रबार सम्पन्न बैठक निर्माण कम्पनीलाई दिनमा डिजाइन सक्न र पोखराको स्टेडियमको ग्राउण्ड (पिच) प्राकृतिक नै हुनुपर्ने गरि टुँङ्गिएको छ ।

सो बारे कुरा गर्दै यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा (सुनार) ले निर्माण कम्पनीलाई कार्तिकको दोश्रो साता सम्म सम्पूर्ण काम सक्ने गरि बैठक टुङ्गिएको बताए । ‘हामीले तिन दिनमा डिजाइन सक्न र त्यसलाई परिषदले एक हप्ता भित्र निर्णय दिने गरि बैठक सकिएको छ’ मन्त्रि विश्वकर्माले भने ।

यता राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार शिलवालले समेत बैठकमा पोखरामानै १३ औं दक्षिण एशियाली खेलकुद (साग) महिला फुटबल हुने गरि टुँगिएको बताए । बैठक पछि कुरा गर्दै सदस्य सचिब सिलवालले ‘हामीले कम्पनीलाई दिन रात गरेर काम सक्न भनेका छौं यो वा त्यो वहानामा काम नरोक्न स्पष्ट भनेका छौं मैदान प्राकृतिकनै बनाउने र डिजाइन तिन दिनमा सक्न निर्माण कम्पनीलाई भनेका छौं ।’

यता कम्पनीले भने ग्राउण्डमा अर्टिफिसिएल एष्टोट्रफ राख्ने गरि धमाधम काम गरिरहेको थियो । उसले एष्ट्रोटफका लागि समेत गिटी ओछ्याएको थियो । सदस्य सचिबले मैदानमा ओछएको गिटी निकाल्न र मैदानको अन्य भाग र सडकमा प्रयोग गर्न कम्पनीलाई सुझाब दिएको बताए । त्यसमा परिषदलाई कुनै थप आर्थिक ब्यवभार समेत नर्पने उनले स्पष्ट पारे ।

कम्पनीका तर्फ कुरा गर्दै एमए कन्सुट्रक्सनका प्रतिनिधी हरि बाबु पन्तले पोखरा स्टेडियमको काम आफ्ना लागि चुनौती रहेपनि साग महिला फुटबल हुने गरिनै आफूहरुले काम सम्पन्न गरि छाड्ने प्रतिवद्धता दोर्हाए । उनले भने–‘चुनौती छ, तर हाम्रो कम्पनीले जिम्मा लिएको काम समयमा सक्यौं भने र साग महिला फुटबल हुँदा जुन खुसियाली प्राप्त हुन्छ, त्यो मौका बाट बञ्चित हुन चाहन्नौं ।’

– पोखरा स्पोर्टस्बाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ