पोखरा, ३ साउन । पोखरा रंगशाला भित्र निर्माणाधिन पोखरा फुटबल स्टेडियमको निर्माण सन्दर्भमा काठमाडौमा शुक्रबार सम्पन्न बैठक निर्माण कम्पनीलाई दिनमा डिजाइन सक्न र पोखराको स्टेडियमको ग्राउण्ड (पिच) प्राकृतिक नै हुनुपर्ने गरि टुँङ्गिएको छ ।
सो बारे कुरा गर्दै यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा (सुनार) ले निर्माण कम्पनीलाई कार्तिकको दोश्रो साता सम्म सम्पूर्ण काम सक्ने गरि बैठक टुङ्गिएको बताए । ‘हामीले तिन दिनमा डिजाइन सक्न र त्यसलाई परिषदले एक हप्ता भित्र निर्णय दिने गरि बैठक सकिएको छ’ मन्त्रि विश्वकर्माले भने ।
यता राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार शिलवालले समेत बैठकमा पोखरामानै १३ औं दक्षिण एशियाली खेलकुद (साग) महिला फुटबल हुने गरि टुँगिएको बताए । बैठक पछि कुरा गर्दै सदस्य सचिब सिलवालले ‘हामीले कम्पनीलाई दिन रात गरेर काम सक्न भनेका छौं यो वा त्यो वहानामा काम नरोक्न स्पष्ट भनेका छौं मैदान प्राकृतिकनै बनाउने र डिजाइन तिन दिनमा सक्न निर्माण कम्पनीलाई भनेका छौं ।’
यता कम्पनीले भने ग्राउण्डमा अर्टिफिसिएल एष्टोट्रफ राख्ने गरि धमाधम काम गरिरहेको थियो । उसले एष्ट्रोटफका लागि समेत गिटी ओछ्याएको थियो । सदस्य सचिबले मैदानमा ओछएको गिटी निकाल्न र मैदानको अन्य भाग र सडकमा प्रयोग गर्न कम्पनीलाई सुझाब दिएको बताए । त्यसमा परिषदलाई कुनै थप आर्थिक ब्यवभार समेत नर्पने उनले स्पष्ट पारे ।
कम्पनीका तर्फ कुरा गर्दै एमए कन्सुट्रक्सनका प्रतिनिधी हरि बाबु पन्तले पोखरा स्टेडियमको काम आफ्ना लागि चुनौती रहेपनि साग महिला फुटबल हुने गरिनै आफूहरुले काम सम्पन्न गरि छाड्ने प्रतिवद्धता दोर्हाए । उनले भने–‘चुनौती छ, तर हाम्रो कम्पनीले जिम्मा लिएको काम समयमा सक्यौं भने र साग महिला फुटबल हुँदा जुन खुसियाली प्राप्त हुन्छ, त्यो मौका बाट बञ्चित हुन चाहन्नौं ।’
– पोखरा स्पोर्टस्बाट ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन