तीव्र सहरीकरण र बढ्दो सवारी चापसँगै कास्कीमा प्रत्येक वर्ष क्रमशः सवारी दुर्घटना बढ्दै गएको छ । बढ्दो सवारी चाप, जीर्ण र खाल्डा सडकका कारण सवारी दुर्घटना बढ्दै गएको हो । यस्तै, जथाभावी बाटो काट्ने प्रवृत्ति, जेब्रा क्रसको प्रयोग नगर्नुलगायतका कारणले सवारी दुर्घटना बढेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक जितजंग कार्कीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा ८२ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६९ दुर्घटना भएका थिए । जसमा ४७ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीको तथ्यांकले ज्यान गुमाउनेको संख्या घटे पनि सवारी दुर्घटना भने बढेको देखाएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा नियमविपरीत चलाइएका ६४ हजार २ सय सवारी कारबाहीमा परे । आर्थिक वर्ष २०७४/७५ मा भने ५१ हजार ५ सय एक सवारी कारबाहीमा परेका थिए । त्यसबाट ३ करोड ६५ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको थियो ।
ट्राफिक प्रहरीले गएको आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा झन्डै ३ हजार सवारी साधनमा ह्वील तथा चेन लक लगाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी कार्कीका अनुसार १ वर्षको अवधिमा जथाभावी पार्किङ गर्ने २ हजार ९ सय ६५ सवारीसाधनमा ह्वील तथा चेन लक गरिएको हो।
ह्वील तथा चेन लक गरिएका साधनमा मोटरसाइकल धेरै छन् । पार्किङ गर्ने ठाउँ नहुँदा अहिले पोखराका मुख्य चोकमा धेरैले निषेधित क्षेत्रमा पार्किङ गर्नुपर्ने बाध्यता छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन