तीव्र सहरीकरण र बढ्दो सवारी चापसँगै कास्कीमा प्रत्येक वर्ष क्रमशः सवारी दुर्घटना बढ्दै गएको छ । बढ्दो सवारी चाप, जीर्ण र खाल्डा सडकका कारण सवारी दुर्घटना बढ्दै गएको हो । यस्तै, जथाभावी बाटो काट्ने प्रवृत्ति, जेब्रा क्रसको प्रयोग नगर्नुलगायतका कारणले सवारी दुर्घटना बढेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक जितजंग कार्कीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा ८२ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६९ दुर्घटना भएका थिए । जसमा ४७ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीको तथ्यांकले ज्यान गुमाउनेको संख्या घटे पनि सवारी दुर्घटना भने बढेको देखाएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा नियमविपरीत चलाइएका ६४ हजार २ सय सवारी कारबाहीमा परे । आर्थिक वर्ष २०७४/७५ मा भने ५१ हजार ५ सय एक सवारी कारबाहीमा परेका थिए । त्यसबाट ३ करोड ६५ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको थियो ।
ट्राफिक प्रहरीले गएको आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा झन्डै ३ हजार सवारी साधनमा ह्वील तथा चेन लक लगाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी कार्कीका अनुसार १ वर्षको अवधिमा जथाभावी पार्किङ गर्ने २ हजार ९ सय ६५ सवारीसाधनमा ह्वील तथा चेन लक गरिएको हो।
ह्वील तथा चेन लक गरिएका साधनमा मोटरसाइकल धेरै छन् । पार्किङ गर्ने ठाउँ नहुँदा अहिले पोखराका मुख्य चोकमा धेरैले निषेधित क्षेत्रमा पार्किङ गर्नुपर्ने बाध्यता छ ।
सम्बन्धित खबर
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
स्वास्थ्य सचिवबाट विनोदविन्दुलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश
पाँचौं टाइगर कपको ट्रफि अनावरण, पहिलो खेल भोलि १० बजे
प्रदेश प्रमुखबाट गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर निर्वाचित
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करण फागुन ३ गते
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु