काभ्रे : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार ‘श्री ५’ नभएको, पत्रकारलाई पनि कानुन लाग्ने टिप्पणी गरेका छन्। शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभामा मन्त्री बाँस्कोटाले भने, ‘पत्रकारलाई कानुन नै नलाग्ने व्यवस्था कहीँ पनि छैन, पत्रकारचाहिँ श्री ५ हो र ?’
आफू पनि पत्रकारिता पृष्ठभूमिबाटै आएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कुरा बुझेपछि पत्रकार महासंघले आन्दोलन फिर्ता फिर्ता लिएको बताए। मन्त्री बाँस्कोटाले भने, – ‘म पनि त्यहीँबाट आएको हुँ, पत्रकारले मिडिया विधेयकविरुद्ध लालटिन जुलुस गरे। अहिले कुरा बुझेर आन्दोलन फिर्ता लिए।’
‘विप्लव समूहलाई एक रुपैयाँ नदिनू’
बाँस्कोटाले उद्योगी व्यापारीहरूलाई विप्लव समूहका नाममा चन्दा नदिन पनि आग्रह गरे। विप्लवको प्रतिकार गर्ने जिम्मा सरकारको मात्र नभई व्यवसायीहरूको समेत भएको उनको भनाई छ। ‘विप्लव समूहलाई एक रुपैयाँ नदिनू। धम्की दिए सडकमा जानुहोस्’, उनले भने, ‘सरकारले मात्र सुरक्षा दिनुपर्ने ? बन्दुक किन्ने पैसा तपाईं आफै दिने अनि धम्की नआए के आउँछ त ?’
सरकार पुरानो प्रणालीबाट नयाँमा जान चाहेकाले अहिले सरकारका काममा अलमलजस्तो देखिएको उनले दाबी गरे। सरकारले भारतबाट आयात गर्ने तरकारीमा विषादी चेकजाँचबारे तयारी नपुगेको स्वीकारे।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन