पोखराको सेदीमा निर्माण भइरहेको केबलकारको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब ८० प्रतिशत सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । दशैं अगावै केवलकार संचालनमा ल्याउने तयारीका साथ तीब्र रुपमा काम भईरहेको संचालक निर्देशक मध्येका एक तिर्थराज त्रिपाठीले जानकारी दिएका छन् । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी बनेको यो केवलकार सम्पन्न हुने बेलासम्म एक अर्ब ३० करोड लगानी हुने भएको निर्देशक त्रिपाठीले जनाए ।
केवलकारमा प्रयोग हुने डोरी, गण्डला, सहितका मेसिनरी सामानहरु पोखरामा आइसकेको बताउँदै उनले जेनेरेटर मात्र आउन बाँकी रहेको जानकारी दिए । उक्त सामानको जडान कार्य बाँकी रहेको छ । उनका अनुसार सराङकोट स्थित टप स्टेसनमा छानो हालिसकिएको छ भने बटम स्टेसनमा छानो हाल्ने क्रम सुरु भएको छ । १८ वटा टावर रहने केवलकारको १७ वटा बनिसकेको छ । स्टेसनमा टायल, मार्वल इन्टरनेट, कार्यालय व्यवस्थापन, पार्किङ लगायतका काम भइरहेको त्रिपाठीले जनाए ।
यहाँ काम सकिएपछि भदौमा जापानबाट प्राविधिक टोली आएर सुपरभिजन गर्ने जनाइएको छ । पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा विकसित भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि हुने त्रिपाठीले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारको क्षमता करिब ३६ वटा भन्दा बढी डिब्बाको भए पनि १८ वटा डिब्बा (गोन्डोला) रहने छन । प्रति डिब्बा ८ जनाको सिट क्षमताको रहने छ । १७ वटा डिब्बा यात्रुको लागि प्रयोग हुने छ । एउटा डिब्बा भने सामान ओसाारपसारका लागि छुट्याइएको छ । केवलकारले प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्नेछ । केबलकारबाट फेवातालको किनार सेदीबगरदेखि सराङ्गकोट ९ मिनेटमै पुग्न सकिने छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृत दिएको छ ।
http://gandaknews.com/annapurna-cable/
http://gandaknews.com/sarangkot-cablekar/
http://gandaknews.com/pokhara-cablecar/
सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
आमा समूहका लागि माईन्यूट लेखन तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ