पोखराको सेदीमा निर्माण भइरहेको केबलकारको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब ८० प्रतिशत सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । दशैं अगावै केवलकार संचालनमा ल्याउने तयारीका साथ तीब्र रुपमा काम भईरहेको संचालक निर्देशक मध्येका एक तिर्थराज त्रिपाठीले जानकारी दिएका छन् । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी बनेको यो केवलकार सम्पन्न हुने बेलासम्म एक अर्ब ३० करोड लगानी हुने भएको निर्देशक त्रिपाठीले जनाए ।
केवलकारमा प्रयोग हुने डोरी, गण्डला, सहितका मेसिनरी सामानहरु पोखरामा आइसकेको बताउँदै उनले जेनेरेटर मात्र आउन बाँकी रहेको जानकारी दिए । उक्त सामानको जडान कार्य बाँकी रहेको छ । उनका अनुसार सराङकोट स्थित टप स्टेसनमा छानो हालिसकिएको छ भने बटम स्टेसनमा छानो हाल्ने क्रम सुरु भएको छ । १८ वटा टावर रहने केवलकारको १७ वटा बनिसकेको छ । स्टेसनमा टायल, मार्वल इन्टरनेट, कार्यालय व्यवस्थापन, पार्किङ लगायतका काम भइरहेको त्रिपाठीले जनाए ।
यहाँ काम सकिएपछि भदौमा जापानबाट प्राविधिक टोली आएर सुपरभिजन गर्ने जनाइएको छ । पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा विकसित भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि हुने त्रिपाठीले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारको क्षमता करिब ३६ वटा भन्दा बढी डिब्बाको भए पनि १८ वटा डिब्बा (गोन्डोला) रहने छन । प्रति डिब्बा ८ जनाको सिट क्षमताको रहने छ । १७ वटा डिब्बा यात्रुको लागि प्रयोग हुने छ । एउटा डिब्बा भने सामान ओसाारपसारका लागि छुट्याइएको छ । केवलकारले प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्नेछ । केबलकारबाट फेवातालको किनार सेदीबगरदेखि सराङ्गकोट ९ मिनेटमै पुग्न सकिने छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृत दिएको छ ।
http://gandaknews.com/annapurna-cable/
http://gandaknews.com/sarangkot-cablekar/
http://gandaknews.com/pokhara-cablecar/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो