पोखरा । शनिबार ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई दुव्यर्वहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वान्ह साढे १० बजेतिर स्याङ्जा बस स्टप लाइनमा ड्युटीमा रहेका प्रहरी जवान खिम अर्याल र असई लोकराज भण्डारीलाई हात नै हालेपछि असरफ अली सहित ४ जनालाई प्रहरीले पक्रेको हो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहका अनुसार असरफ अली हेल्मेट नै नलगाई स्कुटर चढेर सामान लिएर हिँडेका थिए । ड्युटीमा रहेका जवान अर्यालले रोकेर लाईसेन्स मागेका थिए । तर, अलीको लाइसेन्स थिएन । त्यसपछि स्कुटर नियन्त्रणमा लिएर नजिकैको कार्यालयमा लिन आउन भने । लगत्तै अलीले आफूले काम गर्ने पसलका साहु विवेक गुरुङलाई बोलाए ।
उनीहरुले ट्राफिकमाथि गालीगलौज गर्दै मुख छाड्ने गरे भने ट्राफिकले स्कुटर कुनै हालतमा नछाड्ने ढिपी कसे । त्यसपछि अवस्था नियन्त्रण बाहिर गयो । तत्काल असई भण्डारी पनि पुगे । असरफ र विवेक सहित अनुभव घले र हिरा घले भएर ट्राफिकद्वयमाथि हातपात गरेको डिएसपी शाहले बताए ।
तत्काल ४ जनालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाम लगियो । अहिले अनुसन्धान जारी रहेको र आवश्यक कारबाही गरिने डिएसपी शाहले बताए ।
यद्यपी, केही सर्वसाधारणले भने ट्राफिकबाट पनि अभद्र व्यवहार भएको प्रतिक्रियाहरु सामाजिक सञ्जालमा दिएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन