शनिबार राति पोखराको विजयपुर खोलाको डाइभर्सनमा फेरि क्षति पुग्यो । दुई साता अघि जस्तो पाइप नै बगाउने गरी क्षति पुगेको भने होइन । पाइप माथिका ग्राभलिङ माटो बगाएकाले सवारी आवागमनमा असर पुगेको थियो ।
बिहान २ घण्टा जति स्काभेटर प्रयोग गरेर डाइभर्सनको बाटो बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सई जीतजंग कार्कीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नम्बर १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुर खोलाको डाइभर्सनमा शनिबार राती आएको बाढीले क्षति पुगेको हो । डाइभर्सन भन्दा माथिसम्म बाढी पुग्दा मालबाहक सवारी साधनहरुको आवागमन ठप्प बन्यो । तर, अहिले ट्रक व्यवसायीहरु पनि आन्दोलनमा रहेका कारण सवारी कम चलेकाले ठूलो समस्या आइनलागेको कार्कीले बताए ।
विजयपुर पुलको फलाम चर्किएका कारण १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो । यसअघि पनि बाढीले गर्दा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएको थियो ।
विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।
पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि साउन ५ गतेसम्म पनि पुल तयार भएको छैन ।
http://gandaknews.com/bijaypur-pul-diversion/
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु