समाजमा कलिला बाबुनानीहरुलाई पुलिस बोलाम् ? भनेर डर देखाउने गरिन्छ । प्रहरी डरलाग्दो चीज हो भन्ने मानसिकता सानै उमेरदेखि विकास गरिन्छ । त्यसैले पनि, पुलिसले समात्छ, पिट्छ, जेलमा कोच्छ भनेर बालबालिका प्रहरीसँग डराउँछन् । बाल मानसिकतामा परेको प्रभावले ठूलो भएसम्म पनि प्रहरीसँग मित्रवत् व्यवहार गर्न हुन्न भन्ने सोच कायम छ ।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की आफै कार्यालयमा हत्कडी सहित देखिए । आफूमा लागेको हत्कडी खोल्न पनि उत्तिकै सकस प¥यो । गल्ती गर्ने अपराधी र अपराधको कसुर लागेकालाई लगाउने हत्कडी एसपी कार्कीको हातमा चाहिँ आफै किन लगाउन लगाए त ? एक दिन विद्यार्थीसँग कार्यक्रम अन्तर्गत जिप्रकामा विद्यार्थीहरु पुगेका थिए । र उनले सोहि विद्यार्थीहरुलाई प्रहरी र प्रहरीले काम गर्ने बारेमा विद्यार्थीलाई सिकाएका थिए । विद्यार्थीले हत्कडी के हो र किन लगाइन्छ ? भन्ने प्रश्नमा कार्कीले हत्कडीका बारेमा विद्यार्थीलाई बुझ्ने भाषमा प्रयोग गरेर नै देखाएका हुन् ।

सानैदेखि प्रहरी प्रति नकारात्मक भावना पैदा हँुदै आएकाले समुदायसँग प्रहरी नाराका साथ अघि बढेको प्रहरी संगठनले यस्तो अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार स्कुलकै पोशाकमा ४० जना साना बालबालिकाहरु पुगे । विद्यार्थीले कुनै गलत काम नै गरेका हुन् नत प्रहरीले उनीहरुलाई पक्राउनै गरेको हो । बालबालिकाको मन मस्तिष्कमा प्रहरी प्रतिको गलत छाप हटाउन कास्की प्रहरीले प्रहरी संग एक दिन अभियान संचालन गरेको हो ।
सोमबार पोखरा महानगरपालिका २५ हेम्जाको हेम्जा बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्यनरत ४० जना विद्यार्थीले १ दिन प्रहरी कार्यालयमा बिताए । हाल हप्तामा एक दिन यो अभियान संचालन भएपनि विद्यालय धेरै भएका कारण हप्ता भरि नै संचालन गर्न सक्ने प्रहरी उपरिक्षक कार्कीले बताए । अभियान अन्तर्गत सुरुमा प्रहरी को हो ? प्रहरीले के के काम गर्छ ? कस्ता मान्छेलाई पक्राउ गर्छ ? कुनै नराम्रो भयो भने कसरी प्रहरीलाई खबर गर्ने सकिन्छ भने सिकाएको उनले बताए । त्यसपछि प्रहरीको हरेक कक्षमा बालबालिकालाई लगेर देखाउने गरिन्छ ।
महिला तथा बालबालिका विभाग प्रमुख इन्स्पेक्टर चन्द्रा गुरुङले पनि महिला तथा बालबालिकामाथि हिंसा, अपराध भए कसरी प्रहरी सम्झने भन्ने बारेमा सहजीकरण गरेकी थिईन् ।

प्रहरीसंग एक दिन बिताएपछि विद्यार्थीहरुले प्रहरी प्रतिको भ्रम हटेको बताए । उनीहरुले सबै सुनेर र देखे पछि प्रहरी त हाम्रो साथी पो रहेछ भन्ने थाहा भएको बताए ।
सम्बन्धित खबर
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार