पोखराको लेकसाइडमा पर्यटकको चाहनालाई ध्यानमा राख्दै २४ सै घण्टा खुला गरी सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको छ ।
सो विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारपक्षबीच छलफल चलाएको थियो । सरकारले आवश्यक पूर्वाधारको विकास गरी शान्ति सुरक्षाको प्रत्याभूत गराउन सके व्यवसाय सञ्चालन गर्न सकिने पर्यटन व्यवसायीले बताएका छन् । लेकसाइडलाई पर्यटकको एउटा आकर्षक गन्तव्य बनाउन अब विकल्प सोचेर पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने व्यवसायीले धारणा राखेका छन् ।
“लेकसाइड ११ बज्न नपाउँदै सुनसान हुन्छ, प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा प्रहरीले सुरक्षा प्रदान गर्न सके खोल्नु उपयुक्त हुन्छ”, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया भने, “होहल्लाको व्यवस्थापन गरेर यहाँका स्थानीय बासिन्दाको जीवनमा असर नपर्ने गरी सुरक्षाको व्यवस्था दिन सके होटल रेष्टुरेण्ट खोल्दा धेरै फाइदा हुन्छ ।”
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले लेकसाइडमा रु पाँच खर्ब बढीको लगानी भएको र अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखराको पर्यटन बजार फराकिलो हुने भएकाले आजदेखि नै गृहकार्य थाल्न जरुरी रहेकामा जोड दिए । सिसिटिभी, सुरक्षा गार्ड, खुला स्थान, आकस्मिक कक्ष, स्टाफलाई डियुटिपछि घर पु¥याउने जिम्मा, महिला कर्मचारीको सुरक्षा लगायतका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।
रेष्टुरेण्ट एण्ड बार एशोसियशनका ९रेवान० पोखरा अध्यक्ष भिमसेन भुजेलले अहिले पनि भारतीय पर्यटक आफ्नो साधनमा पोखरा आउँदा राति ११÷१२ बज्ने गरेकाले समस्या हुने गरेको बताए। अहिले राति १० बजे नै प्रहरीबाट हुने धरपकडले रेष्टुरेण्टमा खाइरहेका पर्यटकलाई आतङ्कित पार्ने काम हुँदै आएको बताइएको छ ।
नेपाल टुर्र एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीका अध्यक्ष सन्तोष पोखरेल लेकसाइडमा व्यवसाय गर्नेहरुको मात्रै नभएर आवासीय बासिन्दाको पनि भावना बुझनुपर्ने बताए । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले कसैले जितेको र कसैले हारेको रुपमा लेकसाइडको व्यवसाय अघि बढ्न नसक्ने बताईन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो