पोखरा । पोखराको एक होटलमा आठ दिनदेखि बालिकालाई बन्धक बनाई करणी गर्ने शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेका छ ।
मोरङको बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नम्बर ७ बस्ने २८ बर्षिय राकेश कुमार कानोडियाले पक्राउ गरेको हो । म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक समेत रहेका राकेशले एक बालिकालाई त्यहाँबाट पोखरा ल्याई जबरजस्ती करणी गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
उदयपुर बस्ने १४ बर्षीया बालिकालाई पोखरा लेकसाईड डिहिकोपाटनको द कन्ट्री यार्ड होटलमा राखेर जबरजस्ती करणी गर्दै अाएकाे बालिकाकाे बयान छ । बालिकालाई होटलको कोठामा राखेर अभिभावकसँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा प्रहरी टोलीले उद्दार गरी अभिभावकको जिम्मा लगाईएको केसीले जानकारी दिए ।
केसीले नाबालिकालाई बिगत ८ दिनदेखि होटलको कोठामा राखी जबरजस्ती करणी गरेको बयानमा बालिकाले बताएको बताए । अाराेपी राकेश कुमार कानोडियालाई नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अगाडि बढेकाे छ ।
सम्बन्धित खबर
सहारामा शुद्दिकरण सहितको पिउने पानी हस्तान्तरण
पोखरामा जारी कोटिहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो
पोखरामा अटोवेजबाट ‘एक्सपेङ जी–सिक्स’ को विक्री सुरू, एक हप्ताभित्र बुक गर्नेलाई २ लाख छुट
पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो कोटिहोम सुरु
गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिता गर्दै
अलकापुरको रक्तदानमा ४८ युनिट संकलन
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ