पोखरा । जनप्रतिनिधिहरु एक पछि अर्को विवादमा फसिरहँदा फेरि आफ्नो सेवा सुविधा आफै बढाएर थप विवादित हुने काम गरेका छन् । गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले गाडी सुविधा पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनलाई संशोधन गरी उपाध्यक्ष तथा उममेयरलाई पनि गाडी उपलब्ध गराउन लागिएको हो । गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । अब सबै स्थानीय तहका उपप्रमुखले गाडी चढ्न पाउने भएका छन् । केही स्थानीय तहले यसअघि पनि गाडी सुविधा प्रयोग गर्दै आएका थिए । ‘प्रमुख तथा अध्यक्षलाई गाडी, इन्धन वा यातायात खर्च उपलब्ध गराउने भन्ने ऐनमा उल्लेख बुँदालाई प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष भन्ने शब्द राखिएको बताईन्छ ।
स्थानीय तहमा सरकारी सेवाबाट निवृत भइ पेन्सन खाइरहेका जनप्रतिनिधिले पनि सुविधा पाउने व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । गण्डकी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐनलाई संशोधन गर्दै दोहोरो सुविधा लिन पाउने व्यवस्था मिलाउन लागेको हो । सदनबाट पारित भएपछि यो व्यवस्था लागु हुने छ । असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने गरी सुविधा पाउने निर्णय गरेकै बेला यो निर्णय गरेको थियो । तर, यो निर्णय सार्वजनिक गरिएको थिएन ।
सम्बन्धित खबर
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण हुने
गुरूङ चलचित्रकी नायिका माया गुरूङद्वारा सहाराका बालकहरुलाई जर्सी सहयोग
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन : पोखरा महानगरपालिका
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति