पोखरा । जनप्रतिनिधिहरु एक पछि अर्को विवादमा फसिरहँदा फेरि आफ्नो सेवा सुविधा आफै बढाएर थप विवादित हुने काम गरेका छन् । गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले गाडी सुविधा पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनलाई संशोधन गरी उपाध्यक्ष तथा उममेयरलाई पनि गाडी उपलब्ध गराउन लागिएको हो । गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । अब सबै स्थानीय तहका उपप्रमुखले गाडी चढ्न पाउने भएका छन् । केही स्थानीय तहले यसअघि पनि गाडी सुविधा प्रयोग गर्दै आएका थिए । ‘प्रमुख तथा अध्यक्षलाई गाडी, इन्धन वा यातायात खर्च उपलब्ध गराउने भन्ने ऐनमा उल्लेख बुँदालाई प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष भन्ने शब्द राखिएको बताईन्छ ।
स्थानीय तहमा सरकारी सेवाबाट निवृत भइ पेन्सन खाइरहेका जनप्रतिनिधिले पनि सुविधा पाउने व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । गण्डकी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐनलाई संशोधन गर्दै दोहोरो सुविधा लिन पाउने व्यवस्था मिलाउन लागेको हो । सदनबाट पारित भएपछि यो व्यवस्था लागु हुने छ । असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने गरी सुविधा पाउने निर्णय गरेकै बेला यो निर्णय गरेको थियो । तर, यो निर्णय सार्वजनिक गरिएको थिएन ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन