गण्डकन्यूज । पोखरामा आठ दिनसम्म एक होटलमा बालिका बन्धक बनाई करणी गर्दै आएको आरोपमा एक युवा बुधबार पक्राउ परे । तर, आरोपी राकेशकुमार कनोडियाकी श्रीमती सुनिता कनोडिया ले भने बालिकालाई अपहरण गरी पोखरा नलगिएको भन्दै प्रेम सम्बन्धमा रहेकाले राजीखुशीमा भागेको बताएकी छिन् । उनले भागेर जाने युवतीसँगै बस्दा कसरी जबर्जस्ती करणी भयो भन्दै मिडिया र प्रहरीसँग आक्रोश पनि व्यक्त गरिन् ।
यद्यपी, नेपालको कानुनअनुसार बालिका १४ वर्षकी भएकीले सहमतिमै भएपनि बलात्कार ठहर्छ । पोखरा–६ लेकसाइड स्थित डिहिकोपाटनको द कन्ट्री यार्ड होटलको एक कोठामा एक हप्तादेखि उनीहरु बस्दै आएका थिए । २८ वर्षीय कनोडियालाई कास्की प्रहरीले मंगलवार पक्राउ गरी बालिकालाई उनको आफन्तको जिम्मा लगाएका थिए । स्थानीय मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कुलका शिक्षक समेत रहेका कनोडियाले बालिकालाई अपहरणको शैलीमा उदयपुरदेखि पोखरा ल्याएर होटलमा राखी यौन शोषण गरेको आरोप लागेको थियो । बालिका कक्षा ९ मा अध्ययनरत छिन् । ती बालिकाले प्रयोग गर्ने मोबाइल पनि नियन्त्रणमा लिई अभिभावकलाई समेत सम्पर्क गर्न नदिई राखेको बयान बालिकाले प्रहरीसामु दिएको प्रहरीको भनाई छ ।
पोखरा आउनुअघि के भएको थियो ?
आरोपी शिक्षक राकेश कुमार कनोडिया उदयपुर चौदण्डी ७ नजिकै बेलटारी स्थित मेरीगोल्ड स्कुलमा वैशाखदेखि पढाउन थालेका हुन् । सोहि विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा (बि.के.) (पूरा नाम गोप्य राखिएको) सँग डेढ महिनादेखि प्रेम सम्बन्ध रहेको राकेशकी श्रीमती सुनिता कनोडियाको जिकिर छ ।
राकेश बेलटारीमा पढाउने भएकाले उतै बस्दै आएका थिए भने श्रीमती सुनिता रामपुर ठोकसिलामा छोराछोरीसँग बस्दै आएकी थिईन् । राकेश लामो बिदामा घर आउँथे नत्र उतै बस्थे । त्यसैले आफूलाई प्रेम सम्बन्धबारे पहिले पत्तो नभएको सुनिता बताउँछिन् । राकेशको स्त्री आशक्ति बाहेक अरु कुनै बानी पनि खराब नरहेको सुनिताको बुझाई छ । ९ वर्ष अघि प्रेम विवाह गरेका सुनिता र राकेशका ७ वर्षकी छोरी र ६ वर्षका छोरा पनि छन् । राजीखुशी भागेका दुई जना तर अपहरण गरी लगेर कोठामा थुनेर बलात्कार गरेको न्यूजहरु आउँदा भोलि छोराछोरीको भविष्यमा असर पुग्ने भन्दै सुनिताले मिडिया र प्रहरीसँग रोष प्रकट गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले कनोडियाले बालिका बन्धक बनाई होटलमा आठ दिनसम्म जबरजस्ती करणी गर्ने कार्यमा समेत संलग्न हुँदै आएको भन्दै पोखराका मिडियाहरुलाई सूचना प्रवाह गरेको थियो ।
‘राजीखुशीमा भागेका उनीहरु, अहिले बन्धक र बलात्कार भनिरहेका छन्’: सुनिता
सुनिताका अनुसार असार २७ गते शुक्रबार नै स्कुलममा रिजल्ट प्रकाशन हुने दिन भएकाले त्यसपछि विद्यालय छुट्टी थियो । तर पानी परेको भन्दै उनी फर्केनन् । सोमबार मध्यान्हतिर विद्यालयकै संस्थापक एवं प्रिन्सिपल सुनिल प्रधानले आधा बाटोसम्म घर जान भन्दै राकेशलाई छाडिदिएको सुनिता बताउँछिन् । तर, राकेश घर आएनन् । जब मंगलबार केटीका मामा र सुनिल प्रधान आफै राकेशसँग किशोरी हराएको भनेर घर आए, सुनिता छाँगाबाट खसेझैं भईन् । त्यसपछि, केटीका आफन्त मंगलबारसम्मै सुनिताको सम्पर्कमा थिए । राकेश पक्राउ परेपछि अहिले सुनिताको फोन समेत नउठाएको उनको गुनासो छ ।
”मलाई त केटीकै मामाले हिन्ट दिए पहिले, पछि पुलिसकै फोन आयो । जबकि, केटीले चिठी लेखेर छाडेर गएको मलाई थाहा हुन आएको छ । तर, मलाई चिठी देखाएनन् ।’ – सुनिताले भनिन् – ‘राजीखुशीमा भागेका उनीहरु, अहिले बन्धक र बलात्कार भनिरहेका छन् । मलाई अचम्म लागेको छ । मेरो बच्चाहरुमा के असर पर्छ ? होटलवालासँग पनि सोध्नुछ, ८ दिन त्यहाँ बस्दा किन सोधिएन ?’
सुनिताले आफू लामो समयदेखि बिरामी रहेकाले श्रीमानलाई बलात्कारको केस नलगाई पठाईदिन आग्रह गरेकी छिन् । उनले भनिन्- ‘म डिप्रेशनमा छु, मेरो माया गरेर बिहे गरेको श्रीमान् हो, उनीहरु भागेका हुन्, आउन दिनुस्, म बरु बाहिरै बस्छु, उनीहरु सँगै बसुन्, म केहि भन्दिन, म मेरो राकेश जेल परेको हेर्न सक्दिनँ । केटी आफै भाग्ने अनि बलात्कार भन्ने ? केटा एक्लै चाहेर केही हुन्छ ?’
राकेशलाई बीच बाटोमा छाड्ने र भोलिपल्ट घरमा जाने प्रिन्सिपल प्रधानलाई सम्पर्क गर्न खोज्दा दुई पटकसम्म फोन उठेन ।
सम्बन्धित समाचारः
http://gandaknews.com/rapecase/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन