श्रृङ्खलाले फहराइन् युरोपको सर्वोच्च शिखरमा नेपाली झण्डा

श्रृङ्खलाले फहराइन् युरोपको सर्वोच्च शिखरमा नेपाली झण्डा

shrinkhala-europe

हेटौंडा– पुर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर ‘मोन्ट ब्ल्यांक’ को सफल आरोहण गरेकी छिन् । फ्रान्स र नेपालको मैत्री सम्वन्धको अवसरमा जुलाई १५ देखि फान्स भ्रमणमा रहेकी उनले ‘मोन्ट ब्ल्यांक’को आरोहण गरेकी हुन् ।

सेतो हिमालको नामले समेत चिनिने यो हिमालको उचाई ४ हजार ८ सय ८ मिटरको छ । इटाली र फ्रान्सको बीचमा पर्ने यो हिमाल हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नोबोर्डिङ्का लागि लोकप्रिय मानिन्छ ।

श्रृङ्खलाले ‘मोन्ट ब्ल्यांक’को सफल आरोहण पश्चात नेपालको झण्डा फहराइन् । श्रृङ्खलाले नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा फ्रान्समा रहेको नेपाली दुतावासले बधाई दिएको छ । दुतावासले विज्ञप्ती जारी गर्दै उनलाई बधाई दिएको हो ।

नेपाल फ्रान्सबीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको व्यवस्था मिलाएको हो ।

‘मोन्ट ब्ल्यांक’ हिमाल आरोहण गरेर नेपाल र फ्रान्सको झण्डा गाढेर बुधवार उनी फर्किएकी छिन् । श्रृङ्खलाले नेपाललाई विश्वसामु चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ‘मोन्ट ब्ल्यांक’ आरोहण गरेकी हुन् ।

हिमालको सफल आरोहणपछि उनले साइकल रेस कार्यक्रममा सहभागी जनाउने छिन् । श्रृङ्खलाले हिमाल आरोहणपछि अमेरिका तथा युरोपका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ