लमजुङको दोर्दीमा भीषण बाढी (अपडेट): मृतक चार जनाको सनाखत, ६ बेपत्ता, ८ को उद्धार

लमजुङको दोर्दीमा भीषण बाढी (अपडेट): मृतक चार जनाको सनाखत, ६ बेपत्ता, ८ को उद्धार

dordii

लमजुङको दोर्दी करिडोरमा बुधबार दिउँसो एक्‍कासी आएको बाढीले बगाएर मृत्यु भएका ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका-८ का ५० वर्षीय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेतालनपा-६ का ५० वर्षीय रमेश बुढा, बाराको जितपुर उपमहानगर पालिकाका ३५ वर्षीय शिवलाल चौधरी र ३५ वर्षीय अन्सारी रहेका छन्।

उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ। दोर्दी गाउँपालिकाको शेरापुलनजिकै दुई जना र  किर्तीपुरबेसीमा २ जनाको शव फेला परेको थियो। प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ६ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी (४०), कञ्चनपुरका देवबहादुर कोली (४३), डढेल्धुराका कर्ण बुढा (४५), भोजपुरका दिवस कटुवाल (२२), बाराका ज्ञानेन्द्र चौधरी (३४) र लमजुङ दोर्दी-६ काविनोद तामाङ छन्।बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन्।

मृत्यु र बेपत्ता हुने सबै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार हुन्।उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक बसन्त पाण्डेका अनुसार लमजुङको बेसीसहर नगरपालिका-६ काअर्जुन आले (३५), कलैयाका अर्जुन शर्मा (३०), धनगढीका रमेश विक (२५), सप्तरीका सुरज सादहा (२४), डढेल्धुराका धनसिंह सेडी (४६), डढेल्धुराकै सुरज बुढा (२५), सप्तरीका सन्तोष सरदार (३१) र बाराका हरि विक (४२) को उपचार भइरहेको छ।

दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार बुधबार दिउसो ३ बजेतिर खोलामा बाढी आएको थियो। बाढीसँगै बगाएर ल्याएको दुईवटा शव नौथर सेरामा भेटिएको थियो। दोर्दी जलविद्युत् आयोजनाको बाधस्थल रहेको स्थान दोर्दी गाउँपालिका–६ स्थित ढांडेनी क्षेत्रको माताछे बगरमा घटना भएको हो। बाढी आउँदा आयोजनामा कार्यरत कामदार दोर्दी खोला किनारमा काम गरिरहेको स्थानीयले बताएका छन्।

ठूलो पहिरो आएर थुनिएको दोर्दी खोला एकैपटक खुलेपछि बाढी आएको अनुमान गरिएको छ । बाढीका कारण दोर्दी कोरिडरमा निर्माणाधीन जलविद्युत आयोजनाका सामान पनि बगाएको छ । बाढीले ६ ढोडेनीमा रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको प्रवद्र्धक केशव रायमाझीले बताए। बाढी पसेपछि टनेलमा फसेका १७ मजदुरको भने सकुशल उद्धार गरिएको थियो।

बाढीले खोला वरपर रहेका स्थानीय विस्थापित भएका छन्। जलविद्युत आयोजना सुरक्षार्थ बसेको नेपाली सेनाको क्याम्प पनि बाढीले क्षति गरेको छ।

आएको बाढीका कारण ४ जनाको मृत्यु भएको छ। बाढीमा ७ जना बेपत्ता भएका छन् भने ७ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीमा पनेर्हरु दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाका कामदार हुन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्रमान गुरुङका अनुसार वुधवार दिउँसो एक्कासी आएको बाढीले बगाएकामध्ये ४ जनाको शव फेला परेको छ। उनीहरुको सनाखत हुन सकेको छैन।

दोर्दी गाउँपालिका–६ को ठूलो ढुंगाभन्दा माथि उद्धार टोली जान नसकेको डीएसपी गुरुङले जानकारी दिए। घाइते ७ जनालाई प्राथमिक उपचारपछि नेपाली सेनाको टोलीले थप उपचारका लागि जिल्ला सदरमुकाम लगिरहेको उनले बताए। बेपत्ताको खोजी कार्यमा अविरल वर्षा भइरहेको र रात परेको कारण कठिनाइ भएकोले पुनः विहीवार बिहानबाट थप उद्धार कार्य गरिने प्रहरीले जनाएको छ।

दिउँसो ३ बजे भएको घटना दोर्दी जलविद्युत् आयोजनाको बाधस्थल रहेको स्थान दोर्दी गाउँपालिका–६ स्थित ढांडेनी क्षेत्रको माताछे बगरमा भएको हो। बाढी आउँदा आयोजनामा कार्यरत कामदार दोर्दी खोला किनारमा काम गरिरहेको स्थानीयले बताएका छन्।

माथिल्लो क्षेत्रबाट दोर्दीले बगाएर ल्याएको २ वटा शवमध्ये एउटा दोर्दी गाउपालिका–४, नौथर शेरा नजिकै र अर्को १ जनाको शव दोर्दी गाउँपालिका–६ कीर्तिपुरवेशीमा फेला परेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए।

सोही स्थानमा रहेको ५४ मेघावाट क्षमताको सूपरदोर्दी हाइड्रोपावर कम्पनीको इन्टेक, लोडर, ट्याक्टर र जेनेरेटर बगाएको उक्त कम्पनीका अध्यक्ष इजन बरालले बताए। उनका अनुसार आफ्ना ४ जना कामदार पनि सम्पर्कविहीन भएकोमा ३ घण्टा पछि सामान्य घाइते अवस्थामा सम्पर्कमा आएका थिए। माथिल्लो दोर्दी ‘ए’ आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले दिएको जानकारी अनुसार कीर्तिपुर वेशीमा २ जनाको शव फेला परेको छ। बाँकी ११ जना कामदार अवस्था अज्ञात रहेको उनले बताए । उनका अनुसार उनीहरूलाई बाढीले बगाएको वा अन्त कतै गएर बसेका छन् एकिन हुन सकेको छैन। बाढीले धनजनको क्षति पुर्याउँदा समेत सरकारका निकायले उद्दारमा ढिलासुस्ती गरेको स्थानीयले गुनासो गरेका छन्।

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बाटो बिग्रिएको र घटनास्थल टाढा भएकाले समयमा पुग्न नसकिएको र सुरक्षाकर्मीले उद्धार गरिरहेको बताए। उनले सुरक्षा निकायका सबै प्रमुखहरू घटनास्थलमा पुगेको समेत जानकारी दिए।

स्थानीयवासीले दिएको जानकारी अनुसार बाढीले माथिल्लो दोर्दी ‘ए’ को निर्माणाधीन ड्याम साथै त्यस भेगमा निर्माणाधीन अन्य जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको छ।

यसैबीच, स्थानीयको भनाइ अनुसार आयोजनाको सुरुङभित्र कार्यरत करिब २८ जना कामदार समेत साँझसम्म सम्पर्कमा आएका छैनन्। सम्पर्कमा नआउँदा उनीहरुको अवस्था के कस्तो छ भन्नेबारे जान्न नसकिएको स्थानीय बताउँछन्।

दोर्दीखोला शिरतर्फ दोर्दी गाउँपालिकाको वडा ६ मा र तल्लो भाग, दोर्दी गाउँपालिका– ४ को नौथर सेरा क्षेत्र र वेशीशहर नगरपालिका– ११ को बीचमा बहन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ