पोखरा महानगरपालिका वडा नं। १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज आजबाट सञ्चालनमा आउँदैछ ।
सडक डिभिजन कार्यलयका सूचना अधिकारी पवित्रमणि आचार्यले दिएको जानकारी अनुसार बेलीब्रिज आज शुक्रबार साँझ सम्म सञ्चालनमा आउने भएको हो । आचार्यका अनुसार पुलमा अब नटबल मात्र कस्न बाँकी रहेकोले पानीको कारण काम गर्न अबरोध नभए शुक्रबार साँझ सम्म बेलीब्रिज सञ्चालन आउनेछ । यो खबर शुभ न्यूजले प्रकाशित गरेको हो ।
सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज निर्माण गरिएको हो । बेलीब्रिज अस्थायी प्रकृतिको पुल हो । यो बेलीव्रिज ५ बर्ष सम्म सञ्चालन गर्न सकिने बताइएको छ । पाँच बर्ष भनेपनि ८ देखि १० बर्ष सम्म बेलिबिज्र प्रयोग गर्न सकिने जनाइएको छ ।
https://www.facebook.com/gandaknews/videos/2059341751040815/
विजयपुरमा निर्माण भएको बेलिव्रिज २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज हो । पुलको भारबहन क्षमता भने ७० टन हुने सूचना अधिकारी आचार्यले जानकारी दिनु भयो । एक लेनमा ३५ टन क्षमता हुने उहाँको भनाई छ ।बेलिब्रिज निर्माणको जिम्मा सगरमाथारजेजे (जेभी)ले पाएर काम गरेको हो । असार मसान्तभित्रनै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । सामाना बाहेक २ करोड २० लाख रुपैयाँमा काम सम्पन्न गर्न उक्त कम्पनीले ठेक्का पाएको थियो ।
विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइर्भसन हुदै आवतजावत गराइएपनि ३ पटक सम्म डाइर्भसनमा खोलाले क्षति पुर्याएको थियो । १०टन भन्दा माथीका गाडीहरु गएको सोमबारदेखि डाइर्भसनमा आएको क्षति संगै रोकिएकोमा प्राविधिकहरुले पुल मर्मत गरेकोले पुरानै पुलबाट ३५ टन सम्मको गाडी सञ्चालन गर्न मिल्ने रिपोर्ट दिएपछि अहिले एक पटकमा ३५ टन क्षमता सम्मका लोडेड गाडीहरु पुरानै पुलबाट आवतजावत गर्ने ब्यबस्था मिलाइएको छ ।
पोखरा भित्रने लोडेड गाडीहरु बढिमा ३५ देखि ४० टन क्षमताको मात्रै हुने बताइन्छ । यस अगाडि विजयपुर पुल जीर्ण भन्दै १० टनमाथि भार भएका गाडीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराउदै आइएको थियो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु