पोखरा पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न तनाव झडपमा परिणत हुँदा प्रहरी र मृतका आफन्त गरी ८ जना घाईते भएका छन् । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल पुगेकी कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुककी ३३ बर्षिया निशाकुमारी थापाको नर्मल डेलिभरीपछि पनि अत्यधिक रक्तश्रावका कारण ज्यान गएको थियो । निशालाई शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको हो । अस्पतालमा बिहीबार बिहान ८ बजे पुगेकी निशाले साँझ ८ बजेतिर सामान्य तबरले नै छोरा जन्माएकी थिईन् ।
डाक्टर र नर्सको गैरजिम्मेवारीपनाका कारण मृत्यु भएको भन्दै आफन्त आक्रोशित बन्दै अस्पतालमा नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरीसँग झडप हुँदा ८ जना घाईते भएका हुन् । घाइते हुनेमा ४ जना प्रहरी र ४ जना आफन्तहरु रहेका छन् । आफन्तहरु नरबहादुर थापा, विष्णु गुरुङ, शोभाकर पौडेल र रेशम थापा घाइते भएका छन् । यस्तै, वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारी, हवल्दार मिन बहादुर, रुपा परियार र डोलराज नेपाली घाइते भएका छन् ।
सुत्केरी व्यथा लागेपछि बिहीबार बिहान निशा अस्पताल आएकी र बिहीबार साँझ उनले सामान्य रुपमा बच्चा जन्माएको उनका भाई बसन्त थापाले जानकारी दिए । यसअघि, मृतककी बहिनी ताराले पनि नर्सलाई पटक पटक भन्दा समेत डाक्टर नबोलाइदिएको गुनासो गरेकी थिईन् । निरन्तर रक्तश्राव पछि साढे ८ बजे थापा बेहोस भएको र नर्सलाई डाक्टर बोलाइदिन गरेको आग्रहमा ‘अलिअलि रगत बग्नु सामान्य’ भएको भन्दै समयमै डाक्टरलाई खबर नगरेको मृतककी बहिनी ताराले बताइन् ।
रक्तश्राव रोकथामका लागि प्रयास नगरेको र ढिलो गरी चार पोका रगत माग गरेको तथा पाठेघरको शल्याक्रियाको कारणले गर्दा नै सुत्केरीको ज्यान गएको आफन्तको आरोप छ ।
सुत्केरी भएपछि अत्यधिक रक्तसाब्र भएको र त्यसपछि अस्पतालमै रहँदा पनि नर्स र डाक्टरले उपचार नगरिदिएको आफन्तको आरोप छ । अस्पताल र उपचारमा संलग्न चिकित्सकले गल्ती स्वीकार गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने पीडित पक्षको माग छ ।
तर, डाक्टरले भने अस्पताल र डाक्टरको कुनै कमजोरी नरहेको जिकिर गरेको छ । अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. छममाया पुनको टोलीले थापाको उपचार गराएको थियो । रक्तश्राव रोकथामका लागि हरसम्भव प्रयास गर्दा पनि सफल नभएपछि अन्तिम विकल्पको रुपमा पाठेघरको शल्यक्रिया गरिएको अस्पतालको भनाई छ ।
बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जानकारी दिएको छ । मृतक निशाका श्रीमान केही समय पहिले विदेश गएका छन् । उनका नौ बर्षिया छोरा छन् । घरमा दृष्टिविहीन ससुरा रहेको आफन्तले बताएका छन् । अस्पतालमा अहिले वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीको टोली सुरक्षाका निम्ति खटिएको छ ।

सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने