पोखरा पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न तनाव झडपमा परिणत हुँदा प्रहरी र मृतका आफन्त गरी ८ जना घाईते भएका छन् । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल पुगेकी कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुककी ३३ बर्षिया निशाकुमारी थापाको नर्मल डेलिभरीपछि पनि अत्यधिक रक्तश्रावका कारण ज्यान गएको थियो । निशालाई शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको हो । अस्पतालमा बिहीबार बिहान ८ बजे पुगेकी निशाले साँझ ८ बजेतिर सामान्य तबरले नै छोरा जन्माएकी थिईन् ।
डाक्टर र नर्सको गैरजिम्मेवारीपनाका कारण मृत्यु भएको भन्दै आफन्त आक्रोशित बन्दै अस्पतालमा नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरीसँग झडप हुँदा ८ जना घाईते भएका हुन् । घाइते हुनेमा ४ जना प्रहरी र ४ जना आफन्तहरु रहेका छन् । आफन्तहरु नरबहादुर थापा, विष्णु गुरुङ, शोभाकर पौडेल र रेशम थापा घाइते भएका छन् । यस्तै, वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारी, हवल्दार मिन बहादुर, रुपा परियार र डोलराज नेपाली घाइते भएका छन् ।
सुत्केरी व्यथा लागेपछि बिहीबार बिहान निशा अस्पताल आएकी र बिहीबार साँझ उनले सामान्य रुपमा बच्चा जन्माएको उनका भाई बसन्त थापाले जानकारी दिए । यसअघि, मृतककी बहिनी ताराले पनि नर्सलाई पटक पटक भन्दा समेत डाक्टर नबोलाइदिएको गुनासो गरेकी थिईन् । निरन्तर रक्तश्राव पछि साढे ८ बजे थापा बेहोस भएको र नर्सलाई डाक्टर बोलाइदिन गरेको आग्रहमा ‘अलिअलि रगत बग्नु सामान्य’ भएको भन्दै समयमै डाक्टरलाई खबर नगरेको मृतककी बहिनी ताराले बताइन् ।
रक्तश्राव रोकथामका लागि प्रयास नगरेको र ढिलो गरी चार पोका रगत माग गरेको तथा पाठेघरको शल्याक्रियाको कारणले गर्दा नै सुत्केरीको ज्यान गएको आफन्तको आरोप छ ।
सुत्केरी भएपछि अत्यधिक रक्तसाब्र भएको र त्यसपछि अस्पतालमै रहँदा पनि नर्स र डाक्टरले उपचार नगरिदिएको आफन्तको आरोप छ । अस्पताल र उपचारमा संलग्न चिकित्सकले गल्ती स्वीकार गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने पीडित पक्षको माग छ ।
तर, डाक्टरले भने अस्पताल र डाक्टरको कुनै कमजोरी नरहेको जिकिर गरेको छ । अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. छममाया पुनको टोलीले थापाको उपचार गराएको थियो । रक्तश्राव रोकथामका लागि हरसम्भव प्रयास गर्दा पनि सफल नभएपछि अन्तिम विकल्पको रुपमा पाठेघरको शल्यक्रिया गरिएको अस्पतालको भनाई छ ।
बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जानकारी दिएको छ । मृतक निशाका श्रीमान केही समय पहिले विदेश गएका छन् । उनका नौ बर्षिया छोरा छन् । घरमा दृष्टिविहीन ससुरा रहेको आफन्तले बताएका छन् । अस्पतालमा अहिले वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीको टोली सुरक्षाका निम्ति खटिएको छ ।

सम्बन्धित खबर
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट