पोखराको इतिहासमै पहिलो पटक ६ सय ३९ युनिट रगत संकलन भएको छ । लाहुरे तालिम सम्बन्धी प्रशिक्षण दिने संघसंस्थाको छाता संगठन नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनद्वारा आयोजित रक्तदानमा ६ सय ३९ जनाले रक्तदान गरेका हुन् ।
एशोसिएसनले हरेक वर्ष खुला रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस वर्ष नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रीय समिति पोखराका अध्यक्ष गजबहादुर गुरुङको संयोजकत्वमा पोखराको अमरसिंह चोक र पोखरा रंगशाला गरी २ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
जसमा अनुसार अमर सिंहचोकमा २ सय ७६ र रंगशालामा ३ सय ६३ युनिट रगत संकलन भएको संस्थाका क्षेत्रीय कोषाध्यक्ष सेत्तमराज गुरुङले जानकारी दिए । गुरुङका अनुसार एशोसिएसनमा आवद्ध ३९ वटा ट्रेनिङ सेन्टरमा आवद्ध प्रशिक्षार्थी कार्यक्रममा सहभागी थिए ।
एशोसिएसनले सामाजिक काममार्फत नेपालको ३ क्षेत्र पोखरा, काठमाडौं र धरानमा सामाजिक कामलाई समेत प्राथमिकता दिंदै आएको जनाएको छ । रक्तदान कार्यक्रममा वडाध्यक्ष रामबहादुर कार्कीले रक्तदान जत्तिको धर्म अन्य कुनै नहुने बताए । उनले रक्तदान बारे युवापुस्तालाई बुझाउन आवश्यक रहेको समेत बताए ।
उक्त अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, एशोसिएसनका प्रमुख संरक्षक रामप्रसाद गुरुङ र संरक्षक यामबहादुर गुरुङ लगायतले बोलेका थिए ।

सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने