पोखरा । शुक्रबार फेसबुकमा यी तस्विरमा रहेको बालक हराएको पोष्ट एकपछि अर्को शेयर हुन थाल्यो । पोखरा ७, शान्तिनगरचोक बस्ने साहिल नाम गरेको ८ वर्षको बालक बिहान ८ बजेबाट हराएको भन्दै फोटो सहित शेयर भए । तर, ति बालक हराएको नभई आफ्नै बुबाले अन्तै लगेर लुकाएको खुलासा भएको छ । श्रीमती भारतको बिहार स्थित घर जान नमानेपछि छोरालाई भाइको साथ घर पठाई श्रीमती लैजान खोज्ने रमु शेख प्रहरी खोरमा जाक्किएका छन् ।
यसअघि, पोखरामै रामबजार बसी व्यवसाय गर्ने रमेश नेपालीले आफ्नी श्रीमती लक्ष्मी नेपालीलाई मार्न लगाइसकेपछि पनि श्रीमती हराएको भन्दै रुँदै मिडिया र प्रहरी गुहारेका थिए । ठीक यस्तै गरी, शेख आफै छोरो हराएको भन्दै रुँदै खोज्दै हिँड्ने नाटक गरेका थिए ।
शेखले आफ्नी श्रीमतीलाई भारत लैजान पहिला छोरा पठाउने, त्यसपछि श्रीमती लैजाने योजना बमोजिम यो तरिका रचेको आफन्तले बताए । बालककी आमा रिया परियारले घटनाबारे विस्तृत रुपमा खुलासा गरेकी छिन् ।
घटना विवरणः
पोखरामा बसेर मजदुरी काम गर्ने रमु शेखसँग कास्की पामेकी रिया परियारले १३ वर्ष अघि नै बिहे गरिन् । त्यसपछि शेखले रियालाई भारतको विहारस्थित घर लगे । ५ वर्षपछि जेठो छोरो साहिल जन्मियो । बिहारस्थित घरमा बस्न सक्ने अवस्थै थिएन । उनलाई साह्रै दुःख भयो, परिवारका कसैले माया गर्दैनथे । त्यसपछि कान्छो छोरो सानु पेटमै हुँदा रिया पोखरा नै फर्किन् । कान्छो छोरो नै ६ वर्षको भईसक्यो । रिया घर जान नमान्ने, शेख सँगै राख्नै नमान्ने भएपछि श्रीमान् श्रीमतीबीचको सम्बन्ध बिग्रिएको धेरै भयो । दुई छोरा आफ्नै साथमा भए सम्बन्ध विच्छेद गर्न पनि आफू तयार रहेको रियाको भनाई छ । तर, श्रीमान् श्रीमती शान्तिनगर स्थित एउटै डेरामा बस्दै आएका छन् ।
शुक्रबार रियाले बिहानै खाजा बनाईन् । छोराहरुलाई खुवाईन् । छोराहरु पढ्ने रत्नज्योतिमा रिजल्ट थियो । तर रिया गईनन् । साहिल पढाएको फि समेत नबुझाएकाले रियाले जान मन गरिनन् । तर साहिल गायब भए । बेलुकासम्म छोरा नफर्किएपछि रियाको होसहवास् उड्यो । त्यसपछि उनी खोज्न थालिन् । श्रीमान् पनि सँगै खोज्न हिँडे । रोए जस्तो पनि गरे । लेकसाईड पुरै खोजे तर पत्तो लागेन । घरमा राति आएपछि श्रीमान् निदाउन थाले । रियालाई शंका लाग्यो । आफन्तहरुसँग पनि कुरा गरिन् । छोरो हराएको एउटा बाउ कसरी निदाउन सक्छ ? रियाको मनमा यस्तै लाग्यो । त्यसपछि रियाले प्रहरी कार्यालय बैदाम र जिल्लामा समेत जानकारी गराईन् । फेसबुकमा पनि पोष्ट गरिन् । प्रहरीले खोज्न सघायो । प्रहरीकहाँ छोरो हराएको खबर पुगेपछि शेखले १ घण्टाभित्रै छोरा पाएको जानकारी गराए ।
प्रहरीले कसरी १ घण्टाभित्रै पायो ? भनेर सोधपुछ गरेपछि तनहुँ दुलेगौंडा स्थित आफ्नो भाइको कोठामा लगेर छाडेको उनले बयान दिए । ३५ वर्षीय शेख प्रहरी नियन्त्रणमा छन् । शेखले साहिललाई आफै गएको भनेर झुटो बोल्न पनि सिकाएका रहेछन् तर साहिलले आमालाई सबै कुरा खोले । रियाले परिवारमा २ लाख जति ऋण रहेकाले त्यो ऋण तिर्न पनि ऋण दिनेहरुले पुलिसकहाँ राख्नुहुँदैन भनेर सुझाएको खुलाईन् ।
श्रीमतीलाई मानसिक दबाब दिन छोरोलाई पहिले घर पठाउने रणनीति अनुरुप बेपत्ता बनाएका शेखलाई कस्तो कारबाही हुने प्रहरीले केही बताएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले नियन्त्रणमा रहेको पुष्टि गर्दै सोधपुछ गर्ने काम भने बाँकी नै रहेको जनाए ।
छोरालाई आफैले लुकाएको भन्ने कुरा आयो । अहिले उनी हाम्रो नियन्त्रणमा छन् । केही बुझ्न पाएका छैनौं । बुझेपछि के गर्ने भन्ने टुंगो लाग्नेछ । डिएसपी केसीले भने । रिया भने शेखसँग सँगै बस्न नसक्ने मनिस्थितिमा पुगिसकेको उनले बताईन् ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु