पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष खगराज आचार्यलाई दुव्र्यवहार सहित कुटपिट गरिएको छ । कास्की निर्मलपोखरी घर भई पोखरा १७ बिरौटा बस्दै आएका आचार्य थरकै दातारामले अघि साँझ कुटपिट गरेका हुन् ।
कुटपिटमा संलग्न दातारामलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको डिएसपी कोमल शाहले जानकारी पुष्टि गरेका छन् । ‘राष्ट्रबैंकचोकमा कुटपिट भयो भन्ने जानकारी आएपछि हामीले नियन्त्रणमा लिएर आयौं ।’ – डिएसपी शाहले भने – ‘उहाँ खानेपानी आयोजनाका अध्यक्ष पनि हुनुहुँदो रहेछ । मलाई चित्त नपरेर गाली चाहिँ गरेको हुँ पिटेको हैन भन्नुहुन्छ । अनुसन्धान जारी छ ।’ पोखरा राष्ट्रबैंकचोक स्थित जुस पसलमा रहेका बेला दुव्र्यवहार र कुटपिट भएको बताइएको छ ।
के भन्छन् वडा अध्यक्ष खगराज आचार्य ?
‘आज पौने ५ बजेतिर म कार्यालयबाट निस्केँ । फुस्रेखोला, कृस्ति, निर्मलपोखरी, भरतपोखरी सडक अन्तर्गत मैदान खण्डमा भोलि पिच हुने भएकाले प्राविधिक सहित लिएर निरिक्षणमा गएँ । ६ बजेतिर फर्कियौं । राष्ट्रबैंक चोक नजिकै गाडी रोकेर जुस पसलमा पुग्यौं । त्यहाँ रहँदा रहँदै एक्कासी ममाथि मुक्का बर्सियो । मलाई नदेख्ने गरी आएर हानेको हो । एक चोटी हानेपछि पछाडि हेर्न लागेको सकिनँ, अर्को मुक्का पनि हान्यो । हेल्मेटले हान्न खोज्दै थियो । म जनप्रतिनिधिले केही गर्न मिलेन मलाई बचाइदिनुस् भनेर म कराएँ । ५ मिनेट जति नै दाताराम बसेर नानाथरी गाली गरे । कोहि आएनन् । जुस पसलका साहुले पनि बचाउ गरे । केही चिनेकाले समातेर बाहिर लगे । प्रहरी बोलाएर उसलाई लग्यो । डिएसपी साब आफै आउनुभयो । बाटोमा फेरि फोन गरेर तलाई घरमै आएर मार्छु भनेर समेत भन्दै थियो । यो कुरा इन्स्पेक्टरले समेत सुनेको छ । रक्सी पिएर मातेर आएर मलाई हानेको हो ।’
कारण के ?
कुटपिटमा संलग्न दाताराम आचार्य कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष समेत रहेको डिएसपी शाहले जनाएका छन् । आफ्नो गाउँविकासमा खगराज आचार्यको सक्रियता अलि बढी नै रहेको छ । तर, दातारामको फेसबुक हेर्दा उनले पनि गाउँतिरका लागि केहि गर्न खोजेको देखिन्छ । जनप्रतिनिधिको कामप्रति चित्त नबुझेको उनका स्टाटसहरु छन् ।



सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए