कास्कीका विभिन्न स्थानमा गाँजाको बोट नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ बागमारा स्थित तोरीचौर, चेनपुर, कालिकाथान, लामगादी, ठुलढुङगामा गाँजा सम्बन्धि चेतनामुलक घरदैलो कार्यक्रमका साथै करिब १० क्वीण्टल गाजाका बोटहरु फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको समेतको उपस्थितीमा भएको उक्त कार्यक्रममा १५ जना प्रहरी कर्मचारी र ४२ जना स्थानिय गरी ५७ जना व्यक्तित्वहरुको सहाभागिता रहेको थियो ।
यस्तै, कास्की माछापुच्छ्रे गा.पा. वडा नं. २ खरिबोट र भलाहबोट वडा एरियामा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोटहरु प्र.चौ. घाचोक, स्थानिय टोल सुधार समिति, आमा समुह र स्थानीय युवा क्लबका प्रतिनिधी समेत ३० जनाको सहभागीतामा अन्दाजी २ (दुई) कुईन्टल गाँजा फँडानी गरि नष्ट गरिएको छ ।

यसैगरी, प्रहरी चौकी घान्द्रुक, स्थानिय जनप्रतिनिधी, आमा समुह, युवा क्लब समेत १८-२० जनाको सहभागितामा अन्नपुर्ण ११ मा प्राकृतिक रुपमा उम्रिएका करिव १५० बोट गाजा फडानी गरि नष्ट गरिएको छ ।
यस्तै, प्रहरी चौकी घाचोक, स्थानीय टोल सुधार समिती, स्थानीय समेत २० जनाको सहभागीतामा सुक्लागण्डकी ईलाकामा प्राकृतिक रुपमा उम्रिएको करिव ६० बोट गाजा फडानी गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम