पोखरा महानगरपालिका २१ का वडा अध्यक्ष खगराज आचार्य माथि हातपात गनेविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ । दाताराम शर्मा आचार्यले आइतबार पोखराको राष्ट्र बैंक चोकमा हातपात गरेपछि वडा अध्यक्ष आचार्यले प्रहरी कहाँ उजुरी दिएका थिए । पटक पटक आफूमाथि दातारामले दबाब दिएको अध्यक्ष आचार्यले बताए ।
https://www.facebook.com/gandaknews/videos/690525074729090/
‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाको विषयलाई लिएर दातारामले रिसीबी पालेका रहेछन्’, उनले भने, ‘मैले खानेपानी आयोजनाको लागि अनुगमन समिति बनाउनुपर्छ भनेको थिए । तर दातारामले मानेका थिएनन् । यही विषयलाई उनले मनमा लिएर हातपात गरेँ ।’ वडा अध्यक्षले खानेपानी आयोजनाको अनुगमन समिति बनाउनुपर्ने बताएपनि योजनाको अध्यक्ष रहेका दातारामले बनाउन मानेका थिएनन् । आइतबार दिउँसो राष्ट्रबैंक चोकमा जुस खाइरहेका अध्यक्ष माथी दातारामले एक्कासी हातपात गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी उनीमाथि सोमबार सार्वजनिक मुद्दा चलाइएको बताए । कुटपिटमा संलग्न आचार्य पहिले वडा २१ कै हुन । अहिले बसाइँ सरेर वडा १७ बस्दै आएका छन् । वडा अध्यक्ष आचार्य माथि हातपात भएको देखेपछि नजिकै रहेका स्थानीयले थप कुटपिट हुनबाट जोगाएका थिए ।
http://gandaknews.com/kutpit-khagaraj/
सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने