चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिका जोड्ने मुग्लिनस्थित आर्क ब्रिज बुधवारदेखि सञ्चालनमा आएको छ। उक्त पुलको नेपाली इन्जिनियरहरुले डिजाइन गरेका हुन्। पुलको तनहुँ र चितवनतिरको भागमा पछि कालोपत्रे गर्ने गरी तत्कालका लागि सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको पुल आयोजना सेक्टर नम्बर २ मध्य क्षेत्र पाटनढोका ललितपुरले जनाएको छ। १६० मिटर लामो उक्त आर्क ब्रिज गण्डकी प्रदेशको प्रवेश द्वार समेत मानिन्छ। पुरानो पुलको पिच उप्किएर जीर्ण अवस्थामा पुगेकाले पनि नयाँ पुलबाट छिटो यातायात सञ्चालन गराइएको आयोजनाले जनाएको छ।
दशैँलगत्तै थप काम गर्ने गरी हाललाई यातायात सञ्चालनमा ल्याएको योजना प्रमुख अंगलाल रोकायले जानकारी दिए। ‘पुलको दायाँबायाँ कालोपत्रे गर्ने, टेवा पर्खाल लगाउनेलगायतका बाँकी काम पछि गरिनेछ,’ उनले भने। ‘पुरानो पुल जीर्ण भएकाले नयाँ पुल रोकिराख्नुपर्ने अवस्था देखिएन।’
पुरानो पुललाई समेत मर्मत गर्ने योजना रहेको आयोजनाले जनाएको छ। इलाइट एडभान्चर लोहनी कन्टक्सनले पुल निर्माणको काम पूरा गरेको हो। नेपाल सरकारको ११ करोड ८० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको आयोजना प्रमुख रोकायाले जानकारी दिए। वैशाखमै सम्पन्न गर्ने भनिए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा मर्मतको काम भएकाले भारतबाट निर्माण सामग्री ल्याउन कठिनाइले गर्दा पुल निर्माणमा ढिलाइ हुन गएको रोकायाले बताए। त्रिशुली नदीमाथिको मुग्लिनको पुल नेपालकै कम लगानीमा निर्माण भएको नमुना पुल भएको दाबी समेत आयोजनाले गरेको छ।
http://gandaknews.com/muglin-pul/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने