पोखरा । चीनसंगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलवीच आइतबार पोखरामा छलफल भएको छ । प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए ।
नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि बृद्धिको संभावनाको बारेमा समेत टोलीले चासो राखेका थिए । जवाफमा प्रदेश प्रतिनिधि मण्डलका नेतृत्व गरेका भौतिक पुर्वाधार मन्त्री राम शरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका थिए ।
उनले नाका खोल्न सकिए व्यापरिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनिया पक्षको ध्यानाकर्षण गराएका थिए । यो नाकामा बाटाको ट्रयाक बनिसकेको र भौगोलिक रुपमा काठमाडौ र लुम्विनीसंग नजिक रहेकोले यसले व्यापारिक र धार्मिक रुपमा फाइदा पुग्ने उनको भनाई थियो ।
चिनिया प्रतिनिधि मण्डल प्रमुख प्राध्यापक लिउले आफुहरु समेत कोराला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाडै विस्तृत संभाव्यता अध्ययन गर्ने बताएका थिए ।
छलफलमा प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले यो नाकाबाट सवैभन्दा छोटो दुरीमा भारतीय नाकासंग समेत जोडिने भएकोले यसले त्रिदेशीय व्यापरिक गतिविधिलाई बढाउन मदत गर्ने बताएका थिए ।
मुस्ताङ जिल्लामा पर्ने कोराला नाका खुलाउन सकिए यो चिनसंगको व्यापार आदानप्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले यो नाका खोल्न केन्द्र सरकारलाइ आग्रह गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा