गण्डकी अस्पतालको नामले चिनिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा अख्तियार पसेको छ । आर्थिक अनियमिता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराले छानविन गर्न कागजात नियन्त्रणमा लिएको हो ।
अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमिताका साथै सामाजिक इकाई संचालनका क्रममा पनि आर्थिक चलखेल भएको उजुरी एकपछि अर्को गरी परेपछि त्यसैको छानविनका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियारका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
यस्तै, खरीद प्रक्रियामा रहेका कागजात समेत नियन्त्रणमा लिइएको उनले जनाएका छन् । केही दिन अगाडी मात्रै अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी परेको थियो । सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो । चार वटा गैह्र सरकारी संस्थाहरु असल छिमेकी सहयोगी संस्था (गोनेसा), कोपिला नेपाल, कम्युनिटी सर्पोट ग्रुप र टिम लिडर लोकल अर्गानाइजेसनले आवेदन दिएका थिए ।
प्रतिष्ठानका पकुलपति बुद्धिबहादुर थापा काठमाण्डौ रहेका कारण यस सम्बन्धी कागजात भने थापा आफैले ल्याउने जनाएको रिजालले जनाएका छन् । डा. थापा पोखरा फर्केर सबै कागजात अनुसन्धानका लागि बुझाउने जनाएका छन् भने प्रतिष्ठानका डिन डाक्टर नरेन्द्र गुरुङ यसबारे आफूले नबोल्ने जनाएका छन् ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा