फेसबुकमा समस्या आउँदा चार घण्टा तनाव

फेसबुकमा समस्या आउँदा चार घण्टा तनाव

facebook photo

काठमाडौं– प्रमुख सामाजिक सञ्जाल फेसबुकमा आईतबार साँझ पुनः समस्या आयो । सामाजिक सञ्जाल फेसबुकमा पोष्टहरु अपलोड भएनन् भने म्यासेन्जरमा तस्बीर पठाउनसमेत समस्या भयो । आफ्नो पेज पनि खुलेन । लिन्क शेयर गर्न पनि समस्या भयो । झण्डै ४ घण्टा नेपालमा समस्या देखियो ।

केही प्रयोगकर्ताको फेसबुक प्रोफाइल फोटोमा प्रयोगकर्ताको वास्तविक नभई अर्कै तस्बीरहरु समेत देखिएका छन् । विश्वका विभिन्न मुलुकका फेसबुक प्रयोगकर्ताहरुले अर्को सामाजिक सञ्जाल ट्वीटरमार्फत् फेसबुकमा समस्या आएको जानकारी दिइरहेका छन् । फेसबुकले कस्तो किसिमको समस्या आएको हो भन्नेबारे कुनै टिप्पणी गरिसकेको छैन । तर, तत्कालिन समय मेन्टेनेन्सका क्रममा रहेको भन्दै आइडी लगइन भएको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ