बाग्लुङ कालिका भगवती मन्दिर परिसरमा पुरुष मृत फेला

बाग्लुङ कालिका भगवती मन्दिर परिसरमा पुरुष मृत फेला

mrit

बागलुङ नगरपालिका १ बाँगेचौर स्थित कालिका भगवती मन्दिर परिसरमा रहेको प्रतिक्षालयमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको अहिलेसम्म नाम वतन खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अपरिचित व्यक्ति मृत अवस्थामा रहेको जानकारी पाउँदा साथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रकृति मुचुल्का तयार गरी शवको पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पतालको शव गृहमा लगिएको छ ।

अन्दाजी चालीस पैचालिस वर्ष उमेरको, गहुँ गोरो वर्णको, कपाल छोटो भएका,े प्लाष्टिकको रातो म्याजिक चप्पल, खैरो पाईन्ट, सेतो खैरे बुट्टा भएको कमिज, धातुको चेनभएको घडी लगाएको करीब ५ फिट ७ ईन्च अग्लो हुलिया रहेको छ ।

मृतकको मुखको बिभिन्न भागहरुमा चोट लागेको अवस्थामा शव उत्तानो रहेको अवस्थामा भेटिएको थियो । पहिचान खुलि नसकेका मृतक को हुन् ? मारिएका हुन कि, मरेका हुन भन्ने कौतुहलता स्थानीयले व्यक्त गरेका छन् । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको ईबाग्लुङ डटकमले न्यूज प्रकाशित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ