पोखरा । गाडी खरिदको होडमा अरु प्रदेशभन्दा गण्डकी पछाडि रह्यो । गएको आर्थिक वर्षमा गण्डकी प्रदेशले १२ करोड ३२ लाख बराबरको सवारी खरिद गरेको छ । तर, सबैभन्दा महंगो गाडी चड्ने मुख्यमन्त्री गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ अगाडि रहे । मुख्यमन्त्री पृथ्वीसुब्बा करिव २ करोड ५० लाखको गाडी चढ्छन् । उनी मुख्यमन्त्री भएपछि प्रदेश सरकारले ल्यान्डक्रुजर किनेको हो ।
प्रदेश सरकारका मन्त्रीहरु सुविधाभोगी बनेको भन्दै धेरैले आलोचना गरेका छन् । कतिले त संघीयतामाथि नै प्रश्न उठाएका छन् । तर मुख्यमन्त्री गुरुङ भने ‘केन्द्रमा बस्नेहरु’ले अपमानजनक व्यवहार गरेकाले महंगो गाडी किनेको तर्क गर्छन् ।
प्रदेशका मुख्यमन्त्री काठमाडौं जाँदा थोत्रो गाडी दिने र अपमानजनक व्यवहारको प्रतिरोधले महंगो गाडी खरिद गरेर चढेको उनको स्पष्टीकरण थियो । के थियो त अपमानजनक व्यवहार ? मुख्यमन्त्री गुरुङले एउटा घटना सुनाए:
प्रधानमन्त्रीको नेतृत्वमा बस्ने बैठकमा भाग लिन पोखराबाट काठमाडौं गए । एयरपोर्टबाट गौशला हुँदै जाँदै थिएँ । गौशला नुपग्दै गाडी बन्द भयो । गौशलाको प्रहरी कार्यालयमा मैले चिनेको एक जना डीएसपी थिए । उनलाई बोलाएर, उनैले पिकप गरिदिएर म बैठकमा पुगें । यस्तो अपमानजनक व्यवहार भएपछि म चाहिँ यिनीहरुकै सामु ल्यान्डक्रुजर गाडी चाढेर आउँछु भनेर मैले चढेको हो । नत्र मलाई ल्यान्डक्रुजर प्राडो चड्ने इच्छा थिएन ।
मुख्यमन्त्री गुरुङले काठमाडौं जाँदा ३ जना पनि नअट्ने थोत्रो गाडी दिने गरेको गुनासो पनि गरे । केन्द्रमा जाँदा झण्डावालको साटो अलग नम्बर प्लेट भएको गाडी दिने गरेको भन्दै उनले भने, ‘हामी जाँदा जहिले पनि राष्ट्रिय झन्डा नभएको सानो, थोत्रो गाडी दिने । यसरी अपमानकै कारण ल्यान्डक्रुजर किनेँ ।’
केन्द्रलाई देखाउनै साढे २ करोड पर्ने गाडी नै किन्न जरुरी थियो र ? भन्ने प्रश्नमा उनले मुख्यमन्त्रीले एउटा गाडी चढेको विषयलाई ठूलो बनाउन नहुने तर्क गर्छन् । मुख्यमन्त्री गुरुङ भन्छन्, ‘यो मेरो रहर भन्दा पनि संघका मान्छेहरुले धेरै अपमान गर्छन् । प्रदेश मुख्यमन्त्रीको प्रतिष्ठा बढाउन पनि हो ।’
संघको मोजमस्ती कसैले देखेनन्
प्रदेश सरकारका मन्त्रीहरु सुविधाभोगी भन्नु पूर्वाग्रहमात्रै भएको मुख्यमन्त्री गुरुङ बताए । प्रदेशका मन्त्रीहरुको कार्यालय र आवास समेत व्यवस्थित नरहेको भन्दै उनले संघ सरकारमा बस्नेहरुले गरेको मोजमस्ती कसैले नदेखेको बताए ।
‘हामी त प्रारम्भिक अवस्थामा गुज्रिरहेका छौं । न संरचना छ, न स्रोतसाधन छ । न कर्मचारी छन्, न कानुन छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘हामी आर्थिक अनुशासनमा छौं । गाडी चड्यो भनेर आलोचना नगरौं । प्रदेशको अवस्था र काम हेरौं ।’
अमृत सुवेदी, समाधानबाट
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने