प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

teacher_beats

बाग्लुङ । विद्यालयका प्रधानाध्यापकको पिटाइबाट एक छात्र घाइते भएका छन् । बाग्लुङ नगरपालिका–१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटपिटले कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् ।

पौडेलको अगाडिको माथिल्लोपट्टिको दाँत खसेको कुशलका बाबु प्रेमप्रसादले जानकारी दिए । अतिरिक्त गणित विषय पढाउने प्रधानाध्यापक गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको आरोप छ । उनले विद्यार्थी बेहोस हुने गरी कुटपिट गरेको प्रेमप्रसादको दाबी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds