मिस नेपाल, मिस्टर नेपाल त सुनिएकै हो । अब नेपालमा नयाँ कन्सेप्टका साथ पहिलो पटक मिस्टर दारी प्रतियोगिता हुँदैछ । यसका लागि मुलुकका विभिन्न शहरमा अडिसन भइरहेका छन् ।
दारी भएका पुरुषहरुबीचको यो प्रतियोगिता थण्डर प्रोडक्शनले गरेको हो । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवलमा सम्पन्न भइसकेको छ । अब कोहलपुर, पोखरा र काठमाण्डौमा बाँकी छ । पोखरामा साउन २८ गते क्लाउड नाइनमा हुने निश्चित भएको छ । साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ । शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ । पूर्वबाट नौ जना छानिएका छन् । विराटनगरबाट अमनजंग कार्की, हिमाल राज पराजुली, सृजल घिमिरे, इटहरीबाट उमेश परियार, फैयाज अन्सारी, देवराज ओझा र विर्तामोडबाट सञ्जय लुहागिन, इन्द्रजित आचार्य र सरोज नेपाल अर्को राउण्डको लागि छानिएका छन् । यसैगरी ,चितवन अडिसनबाट सुरज अधिकारी र सुवास सागर छानिएका छन् ।

अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जजको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् । यो शोको ब्राण्ड एम्बासडर दाह्री ग्याङका एडमिन समेत रहेका अभिषेक राज सिंह थापा रहेका छन् ।
मिष्टर दारीमा भाग लिन ?
यस शोमा सहभागिताका लागि प्रतियोगीको दारी हुन अनिवार्य छ । उचाई र शारीरिक मोटाईले खासै फरक नपर्ने जनाइएको छ । फाईनलको लागि देशभरको अडिसन बाट ३० देखि ४० जनालाई छनौट गरेर फाइनल राउण्डको लागि काठमाडांैमा विभिन्न प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।
के पाउँछ विजेताले ?
बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको व्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । यस्तै, बिजेताले अन्तरास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने आयोजकको भनाई छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन