एक ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन् ।
पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । बोकटीका अनुसार पीडित पक्षको उजुरीका आधारमा पुजारीलाई पक्राउ गरिएको हो । पुजारी अहिले महानगरीय प्रहरी बृत्त जनसेवाको हिरासतमा छन् ।
प्रहरीले जबरजस्ती करण मुद्दामा म्याद थप गरेर पुजारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
‘पीडित बालिकाको पनि स्वास्थ्य परीक्षण भइसकेको छ, अहिले उपचार र काउन्सिलिङ (परामर्श) भइरहेको छ,’ डिएसपी बोगटीले खबरहबसँग भने । प्रहरीका अनुसार पुजारीले ११ वर्षीया बालिकामाथि पटक पटक जबरजस्ती करेको गरेको देखिएको छ ।
बालिकाका आमाबुवासँग राम्रो चिनजान भएका पुजारीले घरमा एक्लै भएको अवस्थामा बालिकामाथि बलात्कार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘उनी ९पुजारी० घरमा आउँदा पनि पीडित बालिकाका आमाबुवाहरु खुसी हुने रहेछन्, बालिकाका आमाबुवासँग एकदमै नजिकको सम्बन्ध रहेछ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले खबरहबसँग भने, ‘बालिकाका आमाबुवाको विश्वास जितेका पुजारीले घरमा एक्लै रहेकी बालिकामाथि पटक पटक बलात्कार गर्ने गरेका रहेछन् ।’
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला