काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज (साेमबार) यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’मा उनले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिए।
विश्वभर आज ‘शिक्षामा रूपान्तरण’ र नेपालमा ‘शिक्षामा रूपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नाराका साथ सो दिवस मनाइएको छ। “अहिलेसम्म जीवन उपयोगी शिक्षा नभएर युवा पढेर पनि बेरोजगार भएका छन्,” उनले भने, “अब प्राविधिक तथा व्यावसायिक जस्ता जीवनोपयोगी शिक्षातर्फ जोड दिनुपर्छ।”
रक्षामन्त्री पोखरेलले उत्पादन, श्रम र रोजगारसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गदै सरकार त्यस्तो खालका शिक्षा दिन केन्द्रित रहेको बताए। उनले बाध्यताले विदेश जानुपर्ने स्थितिलाई बदल्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा युवा तथा खेलकु मन्त्री जगतबहादुर विश्वकर्माले विकासको मेरुदण्ड युवा भएकाले राष्ट्र निर्माणको दिशामा युवालाई परिचालन गर्नुपर्ने बताए।
युवालाई श्रम, उत्पादन र स्वरोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने मन्त्री विश्वकर्मा बताउँछन्। “युवाका आकांक्षा धेरै नै रहेका छन्। ती आकांक्षालाई पूरा गर्नका लागि युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्छ,” उनले भने, “युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नका लागि यस वर्ष युवा परिचालन वर्ष घोषणासमेत गरिएको छ।”
नेपालमा पहिलोपटक सन् २००४ बाट विभिन्न सङ्घसंस्थाको आयोजनामा दिवस मनाउन थालिएको हो। युवाका सबाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रमहरू हुँदै आएको छ।
विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४०.३५ प्रतिशत अर्थात् १ करोड ७ लाख युवा रहेका छन्। युवाको क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७औँ नं.मा रहेको छ। करिब १९.२ युवा पूर्ण बेरोजगार रहेको, कृषिमा युवाहको संलग्नता ५०.२ रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु