गण्डकी प्रदेशका किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने भएको छ । यसका लागि भुमि व्यवास्था कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल इनभेष्टमेण्ट कम्पनीवीच सोमबार सम्झौता भएको छ । मन्त्रालयको तर्फबाट सचिव दुर्गा प्रसाद ढवाडी र ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देबमान हिराचनले सम्झौता पत्रमा हस्ताक्षार गरेका छन् ।
सम्झौता अनुसार प्रदेशका किसानहरुले उत्पादन गर्ने प्रांगरिक कृषि समाग्री देश तथा विदेशमा खपत गर्ने जिम्मेवारी ग्लोबल क्यापिटलको हुनेछ । साथै कृषि सम्वन्धी नया विधि तथा प्रविधिका विषयमा ग्लोबल क्यापिटलले सहयोग गर्नेछ । यसको समन्वय मन्त्रालयले गर्नेछ । भुमि व्यवास्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले सम्झौताले किसानको उत्पादन विक्री नहुने समास्या अब नरहने बताए ।
उनले ग्लोबल क्यापिटलसंग थप छलफल गरी विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्ने जानकारी गराउदै सम्झौता प्रांगारिक बजार प्रसोधन र प्रर्वद्धनमा महत्वपुर्ण कदम बनाएको बताए । कृषिमा रसायानिक बस्तुको प्रयोेगलाई निरुत्साहित गर्दै प्रांगारिक उत्पादन बढाउने प्रदेश सरकारको निति अनुसार नै सम्झौता भएको समेत उनले प्रष्ट्याए ।
ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देब मान हिराचनले प्रांगरिक उत्पादनको माग आज धेरै देशबाट भैरहेको भन्दै प्रदेशको उत्पादनको बजारमा पु¥याउन चाहिरहेको बताए । उनले मिलेर अगाडि बढेमा मात्र यो सम्झौताको औचित्य पुष्टि हुने भन्दै कृषिमा नया प्रविधि प्रदेशका किसानलाई सिकाउन समेत आफुहरु तयार रहेको बताए ।
देशमा एक सय ५० बर्षदेखि एकै तारिकाको विधिमा कृषि निर्भर रहेकोले यसलाई सवै मिलेर परिवर्तन गर्नुपर्ने हिराचनको भनाई छ । कृषि मन्त्रालयले गरेको यो छैठौ एमऔयु सम्झौता हो । यसअघि चिनिया कम्पनी, कृषि विकास वैंक प्रदेश कार्यलाय, कृषि बन विज्ञान क्याम्पस रामपुर, लिवर्ड र नापी विभागसंग विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरि एमओयू सम्झौता मन्त्रालयले गरिसकेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ