लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत वृद्धि अथात् ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।
त्यसपछिका आर्थिक वर्ष २०७४ र ७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ । योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो । आर्थिक वर्ष २०७४र७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।
यो पनि पढ्नुहोस
एक वर्षमै ५ प्रतिशत घट्यो विद्युत चुहावट
प्राधिरकणले वर्षैसाल आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ । अबको एक देखि दुई वर्षमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गरिएको छ । प्राधिकरणले आफ्नो नाफा बढाउँदै लगेकाले सञ्चित नोक्सनीलाई शुन्यमा झार्न लामो समय नलाग्ने अधिकारीहरु बताउँछन् । ३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटमा थियो । आव ०६६ ६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो ।
प्राधिकरणलाई आव ०६७र६८मा ६ अर्ब ९ करोड, ०६८र६९मा ९ अर्ब ९५ करोड, ०६९र७०मा ३ अर्ब ४० करोड र ०७०र७१ मा ५ अर्ब १३ करोड घाटा भएको थियो कुलमान घिसिङ कार्यकारी भएर आउँदा यस्तो घाटा ८ अर्ब ८९ करोड थियो । प्राधिकरण उच्च घाटमा गएपछि आव ०६७र६८मा सरकारले सबै सञ्चित नोक्सानी मिनहा हगरेको थियो । त्यतिबेला प्राधिकरणको २७ अर्ब १८ करोड रुपैयाँ सञ्चित नोक्सनीलाई सरकारले मिनाहा गरेको थियो ।

सम्बन्धित खबर
समानुपातिक निर्वाचनको कार्यक्रम मंसिर २० देखि सुरु, बन्दसूची बुझाउने समय ३ दिन
यस्तो छ प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका, बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट