गण्डक न्यूज, पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित एस मिनि मार्केटमा मंगलबार अपरान्ह भिषण आगलागी भएको छ । आगलागीबाट भाटभटेनी अगाडिको सो मिनिमार्केटका सबै २३ सटरमा रहेका सामानहरुमा कामै नलाग्ने गरी क्षति पुगेको कास्की प्रहरीले जानकारी दिएको छ ।

व्यवसायी यदुनाथ अधिकारीको सो मिनिमार्केटमा सात जनाले व्यापार गर्दै आएका थिए । प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार शुभ युनिक फोम हाउसकै ७ वटा सटर छ । जहाँ कार्पेट, पर्दा, फोमहरु थिए ।

यस्तै, फर्निचर पसल, ध्रुब इलेक्ट्रिोनिक बक्स, शुभकामना क्याफे, खाजा पसल, जुस पसल गरी २३ वटा सटरहरु थिए । केहि फर्निचरका सामान र इलेक्ट्रिक सामान निकाल्न सकिएपनि अरु सबै ध्वस्त भएका छन् । झण्डै २ घण्टामा आगो पूर्ण नियन्त्रणमा लिन सकिएको हो । पौने ६ बजे आगो नियन्त्रणमा आएको हो ।
पोखरा भाटभटेनी नजिकै आगलागी भएको खबर पाउने बित्तिकै चिप्लेढुंगा बिटबाट प्रहरी तत्काल पुगेको ईन्स्पेक्टर सुवेदीले जानकारी दिए । सात मिनेटभित्रै एउटा दमकल पुगेको थियो ।

आगो निभ्नुको सट्टा झनै फैलिन सुरु भएपछि थप २ वटा दमकल, खानेपानीका ट्यांकरहरु पुगेर आगो निभाएको हो । यसका लागि नेपाली सेना, सशस्त्र प्रहरीका अग्नीनियन्त्रक टोली र नेपाल प्रहरी खटिएका थिए । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम