भित्री क्षेत्रमा रहेका घरहरुमा आगलागी भएको खण्डमा सानो गल्लीमा दमकल जान गाह्रो हुन्छ, गल्ली गल्लीमा रहेका घरहरु बाधक हुन्छन् । तर, पोखराको न्यूरोड जस्तो फराकिलो सडकमै जोडिएका घरमा आगलागी हुँदा दमकललाई के बाधक होला ? समस्या नहुनुपर्ने हो, तर भयो । मान्छेकै भिडका कारण अग्नी नियन्त्रकलाई गाह्रो भयो ।
मंगलबार अपरान्ह ४ बजेतिर पोखराकै प्रमुख व्यापारिक केन्द्र न्यूरोड स्थित एस मिनि मार्केटमा आगलागी भयो । दमकल पुग्न ७ मिनेट लाग्यो, तर प्रहरी भन्दा मान्छेका भिडहरु पहिले पुगे । केही मनकारीहरु मार्केटमा रहेका सटरहरुबाट फर्निचर तथा इलेक्ट्रिकका सामान सकुशल झिकेर सहयोग पनि गरे तर, त्यो भन्दा बढी भिड सेल्फी खिच्ने र भिडियो खिच्नेको थियो । जुन सार्वजनिक भएका तस्विर तथा भिडियोहरुमा देख्न सकिन्छ ।
त्यस भिडले तस्विर र भिडियो लिन छाडेर आगो निभाउनुपथ्र्यो भन्ने होइन तर त्यही भिडका कारण दमकल समेत छिर्ने बाटो नपाउनु, प्रहरीले सिठ्ठी लगाउँदा समेत भिड छिचोल्न हम्मे हम्मे पर्नु पक्कै पनि स्वभाविक मान्न सकिन्न । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले आज मान्छेको भिडका कारण निकै अफ्ठेरो भएको बताए ।

आगलागीबाट भाटभटेनी अगाडिको सो मिनिमार्केटका सबै २३ सटरमा रहेका सामानहरुमा कामै नलाग्ने गरी क्षति पुगेको छ । व्यवसायी यदुनाथ अधिकारीको सो मिनिमार्केटमा सात जनाले व्यापार गर्दै आएका थिए । झण्डै २ घण्टामा आगो पूर्ण नियन्त्रणमा लिन सकिएको हो । पौने ६ बजे आगो नियन्त्रणमा आएको हो । यसका लागि नेपाली सेना, सशस्त्र प्रहरीका अग्नीनियन्त्रक टोली र नेपाल प्रहरी खटिएका थिए । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
https://www.facebook.com/gandaknews/videos/358063281761772/

http://gandaknews.com/s-mini-market/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा