५९ किलो गाँजासहित २ जना पक्राउ

५९ किलो गाँजासहित २ जना पक्राउ

gaga

मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका(६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामा छन् ।

उनीहरुलाई हेटौंडा उपहानगरपालिका -१० बसपार्क सडकखण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिट मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds